Logo
|
Thursday 28th March 2024
Logo

epaper

कोरोना संक्रमण घरघरमा, किन रोक्यो स्थानीय तहले नमुन संकलन ?



जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना भाइरस संक्रमण घरघर पुगेको बेला सरकारले समुदायस्तरमा नमुना संकलन रोकेको छ ।
नमुना परीक्षणको शुल्क लिने र उपचार खर्च असुल गर्ने निर्णय गरेपछि स्थानीय तहले नमुन संकलन गर्न छाडेका हुन् । संक्रमित व्यक्तिको परिवारका सदस्यकै नमुना संकलन ठप्प भएकाले काठमाडौँ उपत्यकामा संक्रमण नियन्त्रण बाहिर जाँदैछ ।

यतिबेला काठमाडौँ उपत्यकामा संक्रमण ८० हजार नाघेको छ । ति मध्ये २५ हजार भन्दा बढी काठमाडौँ महानगरभित्रका छन् । महानगरमा ८ हजार २ सय भन्दा बढी सक्रिय संक्रमित रहेकामा ५ सय ८ जना अस्पतालमा उपचाररत छन् । साँढे ७ हजार भन्दा बढि संक्रमित होम आइसोलेसनमा छन । तर यतिबेला महानगरले संक्रमितसँग संक्रमण आएका व्यक्तिको पहिचान र नमुना संकलन भने रोकेको छ ।

असोज मसान्तसम्म महानगरले दैनिक ८ सयको हाराहारीमा नमुना संकलन गथ्र्यो । गत कात्तिक २ गते स्वास्थ्य मन्त्रालयले परीक्षणमा शुल्क लिने र उपचार खर्च बिरामी आफैले व्यहोर्नुपर्ने निर्णय सुनाएपछि महानगरले हात झिकेको हो । आफुले संकलन गरेको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले परिक्षण नगरेपछि बाध्य भएन नमुना संकलन रोक्नुपरेको काठमाडौँ महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख हरिबहादुर कुँवरले जानकारी दिनुभयो ।

संक्रमित व्यक्तिसंग सम्पर्क हुनेको पहिचान र नमुना संकलनको जिम्मेवारी स्थानिय तहको हो । तर यो जिम्मेवारी काठमाडौँ महानगरलेमात्र होइन अन्य स्थानिय तहले पनि निर्वाह गरेका छैनन् । समुदायस्तरमा नमुना संकलन ठप्प भएपछि लक्षणसहितका बिरामीले पनि परीक्षण गराउन छाडेका छन । यसले महामारी नियन्त्रणबाहिर जाने चिकित्सकको चेतावनी छ ।

कोरोना संक्रमित पहिचान गर्न सकिएन भने कोरोना समुदायस्तारमा व्यापक रुपमा फैलिने त्रिभुवन विश्वविद्यालयको डिन डा. राजेन्द्र कोजुले बताउनुभयो । ‘कोरोना संक्रमण दिनहुँ बढिरहेको छ अझै बढ्ने सम्भाना छ ।’ उहाँले भन्नुभयो-‘संक्रमितको पहिचान भएन भने उसले अरुलाई सजिलै सार्न सक्छ ।’ संक्रमितको संख्या बढ्दै गएपछि लक्षण भएका बिरामीका साथै मृत्युदर बढ्ने उहाँको भनाई छ ।

संक्रमण घरघरमै पुगेका सहरि क्षेत्रका घना बस्तीमै सरकारी तहबाट नमुना संकलन ठप्प भएपछि यसले रोकथामका लागि अहिलेसम्म गरिएको प्रयास खेर जाने देखिएको छ ।स्वास्थ्य मन्त्रालयले मंगलबार उपत्यकाका तिनै जिल्लाका स्वास्थ्य कार्यलय प्रमुख र स्थानिय जनप्रतिनिधीसँग छलफल गरी नमुना संकलन नरोक्न आग्रह गरेको मन्त्रालयको प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

‘कस्ता व्यक्तिको नमुनासंकलन गर्ने भनेर हामी निर्देशित गर्छौँ ।’ उहाँले भन्नुभयो- ‘कोही व्यक्तिको इच्छाको आधारमा स्वाव संकलन हुँदैन । यसलाई नियन्त्रित गरेका छौँ ।’  सरकारले कन्ट्रयाक ट्रेसिङ नगर्ने भनेर कुनै निर्णय नगरेको र सो कामले निरन्तरता पाउने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्