Logo
|
Thursday 28th March 2024
Logo

epaper

भेरी अस्पतालमा उपचाररत रोल्पाका एक कोरोना संक्रमितको मृत्यु



जनस्वास्थ्य सरोकार, नेपालगन्ज । बाँकेमा उपचाररत रोल्पा लिवाङ–४ का ५६ वर्षीय एक कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचारका क्रममा शनिबार राति १२ बजेर १० मिनेटमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार ति व्यक्तिलाई एक महिनादेखि जन्डिससमेत देखिएको थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सुरुमा रेउघा अस्पताल लगिएको थियो । त्यहाँबाट कात्तिक १४ गते मेडिकल कलेज कोहलपुर ल्याइएको थियो । त्यहाँ स्वाब परीक्षण गर्दा कात्तिक १५ गते कोरोना पुष्टि भएपछि थप उपचारका लागि भेरी अस्पताल ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्