Logo
|
Wednesday 24th April 2024
Logo

epaper

चीनियाँ कम्पनी सिनोभाकले विकास गरेको कोभिड-१९ विरुद्धको खोप परीक्षण रोकियो



जनस्वास्थ्य सरोकार, काठमाडौँ । ब्राजिलमा चीनले उत्पादन गरेको कोभिड-१९ विरुद्धको खोप परीक्षण रोकिएको छ । एकजना स्वंयमसेवकको मृत्यु भए पछि अन्भीसालेखोप परीक्षण रोक्न आदेश दिएको बताइएको छ । तर सो मृत्यु परीक्षणसँग सम्बन्धित थियो थिएन भन्ने बारे एकिन हुन सकेको छैन ।

परीक्षण व्यवस्थापन गरिरहेका संस्थाका प्रमुख डिमान कोभासले भने खोपका कारण प्रतिकुल प्रतिक्रिया देखा नपरेको बताएका छन ।

चीनयाँ कम्पनी सिनोभाकले बिकास गरेको सो खोप अन्तिम चरणको परीक्षण इन्डोनेसिया र टर्कीमा पनि भइरहेको छ । तर यी दुइ देशमा भने परीक्षण स्थगित गरिएको छैन ।

इन्डोनेसियाको बायो फर्मा कम्पनीले मंगलबार मात्रै सिनोभाकको खोप परिक्षण सहज रुपमा अघि बढेको बताएको छ । सिनोभागकले आफुहरुको बनाएको खोपप्रति आस्वस्थ रहेको बताएको छ । उत्त कम्पनीले आपतकालिन कार्यक्रम अन्तर्गत चीनमा हजारौँ मानिसहरुलाई सो खोप दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्