Logo
|
Friday 19th April 2024
Logo

epaper

विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड १८ लाख नाघ्यो, १२ लाख ७९ हजार बढिको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या ५ करोड १८ लाख नाघेको छ । बुधबार मध्यान्न १२ः४० बजे सम्म विश्वभरीमा ५ करोड १८ लाख २० हजार ४२३ जना व्यक्ति कोरोना सङ्क्रमित भएको वल्डोमिटरले जनाएको छ । हालसम्म विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ लाख ७९ हजार ६९८ पुगेको छ ।

सङ्क्रमितमध्ये हालसम्म ३ करोड ६३ लाख ९७ हजार १६४ जना कोरोना मुक्त भएका छन । हाल विश्वभरमा १ करोड ४१ लाख ४३ हजार ५६१ जना संक्रमितहरुको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ९४ हजार ९५८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

कोरोना भाइसरसबाट सबैभन्दा बढि प्रभावित अमेरिकामा कोरोना सङ्क्रमितको कुल संख्या १ करोड ५ लाख ६८ हजार ७१४ पुगेको वल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा अमेरिकामा १ लाख ३४ हजार भन्दा धेरै संक्रमित थपिएका छन । पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा हालसम्म संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या २ लाख ४५ हजार ९४३ पुगेको छ ।

त्यसैगरी दोस्रो धेरै प्रभावित भएको भारतमा ८६ लाख ३६ हजार ११ जना सङ्क्रमित भएका छन भने १ लाख २७ हजार ६१५ जनाको मृत्यु भएको छ ।

त्यस्तै तेस्रो धेरै प्रभावित भएको ब्राजिलमा ५७ लाख १ हजार २८३ जना सङ्क्रमित भएका छन भने १ लाख ६२ हजार ८४२ जनाको मृत्यु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्