Logo
|
Saturday 20th April 2024
Logo

epaper

चिसो, फ्लू वा कोभिड-१९ ? कसरी छुट्याउने ?



जनस्वास्थ्य सरोकार, काठमाडौँ । जाडोयाम र अघि पछि पनि तँपाई हाम्रो नाक बन्द हुने वा नाकबाट पानी बग्ने, घाँटी दुख्ने र खोकी लाग्ने भइरहन्छ । तर चिसो लागेको हो कि रुघाखोकी ? कतै कोरोना भाइरसनै त लागेको होइन ? कसरी छुट्याउने त ?

शरीरको तापक्रम ३७.८ डिग्री सेल्सियस भन्दा बढि भएमा स्वास्थ्य जाँच गराउनुपर्छ । किनकी ज्वरो कोभिड-१९ को एउटा लक्षण हो । त्यसैले परीक्षणको रिपोर्ट नआएसम्म तपाई घरमा छुट्टै बस्नुहोस् ।

फ्लु हुँदा पनि ज्वरो आउन सक्छ । तर रुघा लाग्दा हत्तपत्त ज्वरो आउँदैन । अन्य लक्षणविना हाच्छियुँ आउँदा रुघा लागेको हुन सक्छ । हाच्छियुँ गर्दा जहिलेपनि नाक छोपेर गर्नुहोस् र टिस्यु फालेर राम्रोसँग साबुनपानीले हात धुनुहोस् ।

रुघाले नाक बन्द हुन वा नाकबाट पानी बग्न सक्छ । स्वाद र गन्ध हराउनु कोभिड-१९ को लक्षण हो । खोकी चाँही यसै भन्न सकिदैँन । कोभिड-१९ का बिरामीहरु धेरै खोक्छन । एक घण्टा भन्दा बढि वा २४ घण्टामा ३ देखि ४ चोटी सम्म सताउन सक्छ ।

यदि धेरै खोकी लागेको छ र सास फेर्न गाह्रो भएको छ भने तुरुन्त परीक्षण गराउनुपर्छ । हात धुनु, दुरी कायम गर्नु र मास्क लगाउनुले तँपाईलाई चिसोका रोग र कोभिड-१९ बाट जोगाउँछ भन्ने सँधै सम्झिनुहोस् ।

 

प्रतिक्रिया दिनुहोस्