Logo
|
Friday 25th June 2021
E-paper Magazine

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो, आज २५६९ जना थपिए



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५६९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
वितेको २४ घण्टामा देशभरका विभिन्न ल्यावबाट १० हजार ८१ जनाको पीसीआर जाँच गरिएको छ । हालसम्म १५ लाख ७४ हजार २९५ जनाको पीसीआर परीक्षण भएको छ । आज थप १६६६ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

यो सहित देशभर कोरोनामुक्त हुनेको संख्या १ लाख ६२ हजार २४३ पुगेको मन्त्रालयले जनाएको छ । कोरोनासक्रमण मुक्त हुने दर ८१.२ प्रतिशत रहेको छ ।

नेपालमा वितेको २४ घण्टामा थप २६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११७४ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ रहेको छ । ति मध्मे १० हजार ५१९ जना संस्थागत आइसोलेशन सेन्टरमा छन । २८ हजार ३९३ जना होम आइसोलेशनमा छन । हाल देशभर १ हजार १०९ जना क्वारेन्टीनमा रहेका छन ।

 

प्रतिक्रिया दिनुहोस्