Logo
|
Friday 19th April 2024
Logo

epaper

भरतपुर अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । चितवनको भरतपुर अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रबार बिहान उनीहरुको मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिएका हुन् ।

भरतपुर महानगरपालिका–१७ बस्ने ७७ वर्षीय पुरुषको विहान सवा पाँच बजे र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० बस्ने ५७ वर्षीया महिलाको बिहान ६ बजे मृत्यु भएको पौडेलले जानकारी दिए ।

भरतपुर–१७ का वृद्ध मंसिर ३ गते कोरोना संक्रमण पुष्टि भएपछि ६ मंसिरमा कोभिड आइसियूमा राखेर उपचार गरिएको थियो । हेटौंडा–१० की ५७ वर्षीया महिलालाई मंसिर ८ गते कोरोना संक्रमण पुष्टि भएपछि बिहीबार नै कोभिड आइसियुमा राखेर उपचार थालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्