Logo
|
Tuesday 19th March 2024
Logo

epaper

विदेशी शरणार्थीहरुको नि:शुल्क पीसीआर जाँच र उपचार गर्न सरकारको निर्देशन



जनस्वास्थ्य सरोकार, काठमाडौँ । विभिन्न देशबाट आएका विदेशी शरणार्थीहरुको नि:शुल्क पीसीआर जाँच र उपचार गर्न सरकारले सबै सम्बन्धित निकायहरुलाई निर्देशन दिएको छ ।

नेपालमा शरणार्थी भई बसेका नागरिकलाई शरणार्थी परिचयपत्रका आधारमा नेपाली नागरिकसरह कोभिड–१९ को पिसिआर परीक्षण र उपचार गर्न सम्बन्धित प्रदेश, स्थानीय तह, प्रयोगशाला र अस्पताललाई निर्देशन दिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताउनुभयो ।

सरकारले कोभिड–१९ को लक्षण र चिह्न देखिएमा सरकारी प्रयोगशाला र सरकारी अस्पतालमा परीक्षण र उपचार निःशुल्क गरेको छ । नेपालमा भूटानलगायत देशबाट शरणार्थीका रुपमा विदेशीहरु बस्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्