Logo
|
Saturday 27th April 2024
Logo

epaper

एसोसिएसन अफ स्पाइन सर्जन्स अफ नेपालको अध्यक्षमा डा. बिमलकुमार पाण्डेसहित ९ कार्यसमिति निर्वाचित




जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालका अर्थोपेडिक स्पाइन सर्जनहरुको छाता संगठन एसोसिएसन अफ स्पाइन सर्जन्स अफ नेपाल (एएसएसएन) को अध्यक्षमा काठमाडौं मेडिकल कलेजका स्पाइन सर्जन डा. बिमल कुमार पाण्डे निर्वाचित हुनुभएको छ । हिमालयन स्पाइन सिम्पोजिम छैटौं बार्षिक वेभनार सम्मेलनले आगामी २ वर्षका लागि अध्यक्ष डा. पाण्डेसहित ९ जनाको नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

नयाँ कार्यसमितिको उपाध्यमा डा. बिनोद विजुक्छे (ग्रान्डी इन्टरनेनल हस्पिटल), महासचिवमा व्यापक पौडेल (ग्रान्डी इन्टरनेशनल हस्पिटल), कोषाध्यक्षमा डा. गौरव राज ढकाल (राष्ट्रिय ट्रमा सेन्टर), सहसचिवमा डा. राजेश कुमार चौधरी (बी एण्ड बी हस्पिटल) निर्वाचित हुनुभएको छ । यसैगरी सदस्यहरुमा डा. प्रेमबहादुर शाही (कन्काई हस्पिटल, बिर्तामोड), डा. राजेश प्रताप शाह (बीरेन्द्र सैनिक हस्पिटल), डा. योगेन्द्र अग्रहरी (तिनाउ हस्पिटल, बुटवल), डा. ज्ञानेन्द्र शाह (राष्ट्रिय ट्रमा सेन्टर) रहनुभएको छ ।



हाल मुलुकमा ५१ जना भन्दा बढी अर्थोपेडिक स्पाइन सर्जनहरु रहेका छन्

प्रतिक्रिया दिनुहोस्