Logo
|
Friday 19th April 2024
Logo

epaper

देशभर थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि, ७४८ निको, ८ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । वितेको २४ घण्टामा थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
हालसम्म १९ लाख ३७ हजार ७०९ जनाको पीसीआर परीक्षण भएको छ । आज थप ७४८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यो सहित देशभर कोरोनामुक्त हुनेको संख्या २ लाख ५३ हजार १०७ पुगेको मन्त्रालयले जनाएको छ । कोरोनासक्रमण मुक्त हुने दर ९६.९७ प्रतिशत रहेको छ ।


नेपालमा वितेको २४ घण्टामा थप ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८६४ पुगेको छ ।


देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ४८ रहेको छ । हाल देशभर ३६७ जना क्वारेन्टीनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्