Logo
|
Friday 19th April 2024
Logo

epaper

चिकित्सा शिक्षातर्फ एकिकृत प्रवेश परीक्षा पहिलोपटक



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा पहिलो पटक चिकित्सा शिक्षा तर्फ एकिकृत प्रवेश परीक्षा सुरु भएको छ । चिकित्साशास्त्र तर्फ स्नातकोत्तर (पोष्ट ग्राजुएट्स) तहको एकीकृत प्रवेश परीक्षा भएको हो । चिकित्सा शिक्षा आयोगले शनिबारदेखि लिएको परीक्षा सोमबारसम्म सञ्चालन हुनेछ ।


राष्ट्रिय चिकित्सा शिक्षा आयोगका अनुसार पहिलो पटक लिइएको एकीकृत प्रवेश परीक्षामा कुल ७ हजार ६ सय ७२ जना सहभागी छन् ।


प्रवेश परीक्षा विहान ११ देखि दिउसो २ बजेसम्म तीन घण्टा तोकिएको छ । यसअघि असोज २६, २७ र २८ गतेका लागि परीक्षाको समय तोकिएपनि सर्वोच्च अदालतमा रिट परेपछि तोकिएको समयमा परीक्षा हुन सकेको थिएन । सर्वोच्चले रिट खारेज गरेपछि आयोगलाई परीक्षा लिने बाटो खुलेको हो ।
आयोगका अनुसार परीक्षाको नतिजा आगामी मंगलबारसम्म आइसक्ने बताए ।

कम्प्युटर विधिबाट परीक्षार्थीको कापी जाँच गरिने व्यवस्था मिलाइएको छ । यो भन्दा पहिले सम्वन्धित विश्वविद्यालय र प्रतिष्ठानले छुट्टाछुट्टै परीक्षा लिने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्