Logo
|
Friday 29th March 2024
Logo

epaper

एन्टिबडी टेष्ट किन गर्ने ?



एन्टिवडी शरीरको विभिन्न प्रकारका रोगसँग लड्ने डिफेन्स मेकानिजम हो । पोजेटिभ देखिनेहरुमा कुनैपनि बेला प्रत्यक्ष अप्रत्यक्ष कोभिड पोजेटिभ भएको हुनसक्छ ।
कतिपय पिसिआर पोजेटिभ आएका व्यक्तिहरुमा पनि एन्टिबडी विकास भएको पाइएको छैन । कसैकसैको उच्च पनि देखिएको छ ।

एन्टिवडी टेष्ट किन गर्ने ?
प्लाज्मा डोनर र आफ्नो शरीरमा कोभिड रोग प्रतिरोधात्मक क्षमता विकास भएनभएको जानकारी पाउन एन्टिबडी टेष्ट गरिन्छ । यसलाई डायग्नोष्टिक टेष्ट भनेर त भन्न मिल्दैन । तर यसले एक प्रकारको डायग्नोसिसमा सहयोग गर्छ ।
विशेषत प्लाज्मा डोनरहरुको निम्ती हामीले एन्टिवडी टेष्ट केन्द्रित गरेका छौं । विश्व स्वास्थ्य संगठनको अध्ययनले कोभिड पोजेटिभ भएर निको भएका व्यक्तिहरुको प्लाज्मा प्रयोग गर्दा चाँडै रिकभरीमा सहयोग गर्ने देखाएको थियो । तर हालैको अध्ययनले निको भएका व्यक्तिहरुको प्लाज्मामा भएको एन्टिबडीको मात्राको आधारमा उपचार प्रभावकारी हुने देखाएको छ ।


विश्व स्वास्थ्य संगठन र युएस एफडिएका अनुसार, सेरोलोजी एसेबाट प्लाज्ममा एन्टिबडीको मात्रा १२ भन्दा बढी भएमा धेरै प्रभावकारी हुने बताएको छ । प्लाज्मा डोनर तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले यो कुरा बुझ्न जरुरी छ ।


कोभिड पोजेटिभ भएर निको भएका व्यक्तिहरुमा मात्र एन्टिबडी टेष्ट गर्ने भनेर सिमित गरिएको छैन । लक्षण नभएका कोभिड टेष्ट नगराएका व्यक्तिहरुमा पनि यो टेष्ट गर्न सकिन्छ । त्यसले गर्दा विगतमा लक्षण नभएका व्यक्तिहरुमा कोरोना भाइरस संक्रमण भएनभएको थाहा पाउन सकिन्छ ।
निरामयाः डायग्नोष्टिक प्रा.लि.मा हामीले अमेरिकाको एबोट कम्पनिको उपकरणबाट सिएमआई विधिबाट एन्टिबडी टेष्ट गरिरहेका छौं । यो युएस एफडिए मान्यता प्राप्त विधि हो ।
(डा.रेग्मी मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल र निरामयाः डायग्नोष्टिक प्रा.लि.मा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्