Logo
|
Friday 19th April 2024
Logo

epaper

धरानमा ५० शैय्याको प्रादेशिक सरुवा रोग अस्पताल बन्ने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । धरानमा ५० शैय्याको प्रादेशिक सरुवा रोग अस्पताल निर्माण हुने भएको छ ।
धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा मध्ये दुई बिघा क्षेत्रफलमा सो अस्पताल निर्माण हुन लागेको हो ।
अस्पतालको शिलन्यास संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्री भानुभक्त ढकालले गर्नुभयो ।

प्रदेश १ का जनतालाई सरुवा रोगको विशिष्टकृत  उपचार सेवा प्रदान गर्ने उदेश्यले सरुवा रोग अस्पताल निर्माण गर्न लागेको प्रतिष्ठानले जनाएको छ ।


कोरोना महामारीपछि सङ्घीय सरकारले नीतिगत रुपमा प्रत्यक प्रदेशमा ५० शैय्याको सरुवा रोग अस्पताल बनाउने निर्णय गरेको थियो ।
अस्पताल बनाउन सङ्घीय सरकारले बजेट उपलब्ध गराउनेछ भने प्रदेश सरकारले निर्माण गर्ने प्रतिष्ठानका रजिष्ट्रार प्रा. डा. मोहनचन्द्र रेग्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्