Logo
|
Thursday 18th April 2024
Logo

epaper

कोभिड-१९ खोपबारे हामीलाई अझै थाहा नभएका चार कुरा



जनस्वास्थ्य सरोकार । विश्वभरि कोरोनाभाइरसविरुद्ध खोप दिएर मानिसहरूलाई सुरक्षित बनाई यथाशीघ्र अवस्था समान्य बनाउन प्रयासहरू भइरहेका छन्। जनवरी २३ सम्म छ करोड भन्दा बढी मानिसले कोरोना विरुद्धको खोप लगाइसकेका छन । कतिपय देशले खोप अभियानलाई तीव्र बनाइरहेका छन ।

अहिलेसम्म पनि खोपबाट प्राप्त हुने प्रतिरोध क्षमता कति समय रहन्छ वा विश्वभरि देखा परेको नयाँ खालको भाइरसविरुद्ध खोप प्रभावकारी हुन्छ कि हुँदैन भन्ने प्रश्नहरू उठेका छन्।

१. खोपबाट कति समय प्रतिरोधी क्षमता प्राप्त हुन्छ ?

खोपले कोभिड १९ विरुद्ध कति लामो समयसम्म प्रतिरक्षा गर्छ भन्ने स्पष्ट छैन । खोप विकास गर्न लागेको समयका कारण पनि लामो समयावधिको अध्ययन हुन सकेको छैन। तर क्यालिफोर्नियास्थित ल होया इन्स्टिट्यूट अफ इम्यूनोलजीका अनुसार कोरोनाभाइरसको सङ्क्रमणबाट निको भएको कम्तीमा छ महिनासम्म पनि कैयौँ प्रतिरोधात्मक प्रतिक्रियाहरू देखा परेको पाइएको छ।

पब्लिक हेल्थ अफ इङ्ग्ल्यान्डले कोभिड(१९ भएका व्यक्तिहरू कम्तीमा पाँच महिनासम्म सुरक्षित रहने बताएको थियो। कतिपय वैज्ञानिकहरू विकसित प्रतिरोध क्षमता अझ धेरै समय वा वर्षसम्म कायम रहन सक्ने ठान्छन्। तर सबै बिरामीको हकमा अवस्था एउटै नहुन सक्छ। प्रत्येक मानिसले थोरै वा धेरै सुरक्षा प्राप्त गर्न सक्छन् जसको आधारमा पुन सङ्क्रमणको सम्भावना निर्भर रहन्छ।

२. के खोप लगाएपछि कोरोनाभाइरस सङ्क्रमण हुन सक्छ?

कोरोना विरुद्धको खोप लगाएपछि पनि कोरोना सङ्क्रमण हुन सक्छ । त्यसका कैयौँ कारण छन्। पहिलो खोपहरूले दिने सुरक्षा उनीहरूको प्रकार हेरीकन पहिलो वा एकमात्र खोपको मात्रा लिएको दुई वा तीन हप्ताअघिबाट सुरु हुँदैन।

यदि खोप लगाएको एक दिन वा एक हप्तामा तपाईँ भाइरसको संसर्गमा पुग्नुभयो भने तपाईँलाई सङ्क्रमणको जोखिम रहन्छ र तपाईँले अरू मानिसहरूलाई पनि भाइरस सार्न सक्नुहुन्छ । तर आवश्यक खोपको मात्रा लिएको कैयौँ हप्तापछि पनि सङ्क्रमण देखा पर्न सक्छ।

खोपले प्रभावकारी रूपमा उल्लेख्य सङ्ख्यामा मानिसहरूलाई सुरक्षा दिनेमा केही सहमति छ तर कुन हदसम्म तिनले सङक्रमण र विस्तार नियन्त्रण गर्छन् भन्ने थाहा हुनसकेको छैन।

३. के खोपले नयाँ प्रजातिको कोरोनाभाइरसबाट जोगाउँछ ?

भाइरसहरूमा निरन्तर उत्परिवर्तन भइरहन्छ। कुनै बेला खोपले भाइरसविरुद्ध काम नगर्न सक्छ। त्यसो यो भने खोप नै फेर्नुपर्छ। ब्रिटेन र दक्षिण अफ्रिकामा फेला परेका कोरोनाभाइरसका नयाँ भेरीअन्ट अर्थात् प्रकारहरू अन्य देशमा पनि फैलिसकेका छन्। त्यस्ता प्रकारका कोरोनाभाइरस बढी सङ्क्रामक भएको मानिएको छ।
गत साता मोडेर्नाले आफ्नो खोप संयुक्त अधिराज्य र दक्षिण अफ्रिकामा देखिएका नयाँ प्रकारका कोरोनाभाइरसविरुद्ध पनि प्रभावकारी रहेको घोषणा गरेको छ। पछिल्लो प्रकारका लागि उसले सुरक्षा बढी दिने नयाँ प्रकारको थप खोप उत्पादन गर्ने पनि भनेको छ। फाइजररबायोएन्टेकले पनि उनीहरूको खोप नयाँ प्रकारको कोरोनाभाइरसमा काम गर्ने दाबी गरेका छन्।

४. कति मात्रा खोप र कहिलेसम्म दिनुपर्छ?
फाइजर, मोडेर्ना र यूनिभर्सिटी अफ अक्सफर्डरएस्ट्राजेनेकाले खोपको दुईवटा मात्रा दिइनुपर्ने बताएका छन्। सुरुमा गरिएको परीक्षणका आधारमा उनीहरूलाई पहिलो खोप लगाएको तीनदेखि चार हप्तापछि दोस्रो खोपको मात्रा लिन मानिसहरूलाई भनिएको थियो।

तर सन् २०२० को अन्त्यमा संयुक्त अधिराज्यले आफूले सकेसम्म बढी मानिसलाई पहिलो खोपको मात्रा दिने विषयलाई प्राथमिकतामा राख्ने भन्दै दोस्रो खोपको मात्र तीन महिनापछि दिइने बतायो। तर फाइजर र अधिकांश वैज्ञानिक जगत् प्रारम्भिक परीक्षणमा प्रमाणित पहिलो मात्राको खोप दिएको २१ दिनपछि दोस्रो खोप दिने निर्णयमा कायम रहने निष्कर्षमा छन्।

विश्व स्वास्थ्य सङ्गठनले यसबारे निर्णय सुनाउँदै प्रत्येक २१ वा २८ दिनमा खोप लगाउन सुझाव दिएको छ। विशेष अवस्थामा छ हप्ताको अन्तरालमा खोप लगाउन सकिने डब्ल्यूएचओले जनाएको छ। बीबीसी

प्रतिक्रिया दिनुहोस्