Logo
|
Saturday 20th April 2024
Logo

epaper

मंगलबार थपिए १७१ कोरोना संक्रमित, १ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौं। पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ११८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या २ हजार ४ सय रहेको छ ।

मंगलबार २५९ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६६ हजार ६०० पुगेको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ३० पुगेको छ। पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ ।

यस्तै, हालसम्म ९५ जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म २० लाख ७८ हजार ९८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्