Logo
|
Thursday 18th April 2024
Logo

epaper

कुटनीतिक नियोगका कर्मचारी र पत्रकारलाई आजबाट खोप लगाउन सुरु



जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले आजबाट कुटनीतिक नियोगका कर्मचारी र पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको छ । स्वास्थ्य मन्त्रालयले आज (सोमबार) देखि कुटनीतिक नियोगका विदेशी कर्मचारी, तिनका आफन्त, त्यहाँ कार्यरत नेपाली कमर्चारी र पत्रकारलाई दिन लागेको जानकारी दिएको छ ।


त्यसका लागि मन्त्रालयले उपत्यकाका चारवटा अस्पताल तोकेको छ । शहीद गंगालाल हृदय केन्द्र, त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल र पाटन अस्पताल अस्पतालमा गएर खोप लगाउन सकिने बताएको छ ।


पत्रकारहरुले खोप लगाउनका लागि मन्त्रालयले सूचना विभागले उपलव्ध गराएको प्रेसपास सहित निजामती कर्मचारी अस्पतालमा उपस्थित हुनुपर्ने बताएको छ । तर कतिपय फ्रन्टलाइनमा काम गर्ने पत्रकारहरुले विभागको प्रेस पास पाउन सकेका छैनन् ।

विभागको कार्ड नभएका फ्रन्टलाइनर पत्रकारहरुको हकमा के गर्ने भन्ने विषयमा थप निर्णय गरिने सचिवालयका एक अधिकारीले जानकारी दिनुभयो ।

दोस्रो चरणको खोप अभियान आगामी शुक्रबार सम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्