Logo
|
Friday 19th April 2024
Logo

epaper

नेपालमा दुइ लाख ६८ हजारले जिते कोरोना, अब सक्रिय संक्रमित १८१५ मात्रै



?

जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा दुइ लाख ६८ हजार ७२ जनाले कोरोना जितेका छन् । कुल संक्रमित दुइ लाख ७१ हजार नौ सय २५ जना रहेका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २० लाख ९३ हजार चार सय १७ जनाको कोरोना परीक्षण गरिएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या एक हजार आठ सय १५ जना रहेको छ । हाल देशभर ९२ जना क्वारेन्टाइनमा रहेका छन् । संक्रमितको संख्या घट्दै गएपनि सजग र सतर्क रहन चिकित्सकहरुले आग्रह गरेका छन् । हालसम्म कुल संक्रमित मध्ये दुइ हजार ३५ जनाको मृत्यु भएको छ ।


यस्तै, विश्वभर ७ करोड ८५ लाख भन्दा बढी संक्रमितले कोरोना भाइरस संक्रमणलाई जितेका छन । हालसम्म १० करोड ६६ लाख ७२ हजारभन्दा बढीमा संक्रमण देखिएको मध्ये ७ करोड ८५ लाख भन्दा बढी संक्रमितले कोरोना जितेको अन्तराष्ट्रिय सञ्चारमाध्यहरुले जनाएका छन् ।


देशभर आइतबार एक सय १९ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ९ सय २५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमध्ये १ हजार ८ सय १५ जना सक्रिय संक्रमित छन् । गत २४ घण्टामा २ हजार २ सय ५१ जनाको पिसिआर परीक्षण गर्दा १ सय १९ जनामा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्