Logo
|
Friday 18th June 2021
E-paper Magazine

कोरोना संक्रमणबाट बिदेशमा थप २ नेपालीको मृत्यु, मृतकको संख्या ३३५ पुग्यो



जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना संक्रमणका कारण विदेशमा थप २ जना नेपालीले ज्यान गुमाएका छन्।

यो साता कोरोना संक्रमणका कारण बेलायतमा थप २ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ।

योसँगै कोरोनाबाट विदेशमा मृत्यु हुने नेपालीको संख्या ३३५ पुगेको छ। एनआरएनए अनतर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार हालसम्म कोरोनाको कारण २१ देशमा नेपालीको मृत्यु भएको छ।

विश्वका ५० देशमा कोरोना संक्रमित नेपालीको संख्या ६० हजार १२१ पुगेको छ। संक्रमितमध्ये हालसम्म ९७ प्रतिशत निको भएका छन्।

प्रतिक्रिया दिनुहोस्