अल्का अस्पताल १५ औं वर्षमा प्रवेश, रक्तदान देखि निशुल्क बाथरोग शिविरसम्मका कार्यक्रम
जनस्वास्थ्य सरोकार, काठमाडौँ । ललितपुरको जावलाखेलस्थित अल्का अस्पताल १५ औँ वर्षमा प्रवेश गरेको छ । आजकै दिन २०६२ साल फागुन ३ गते अल्का अस्पताल स्थापना भएको थियो ।
अस्पतालले आफ्नो वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम, निःशुल्क बाथरोग शिविर र असहायहरुलाई खाद्यान्न वितरण कार्यक्रम आयोजना गरेको छ ।
‘मलाई हिजो जस्तो लाग्छ अस्पताल संचालनमा ल्याएको १४ वर्ष बितिसकेछ ।’ अस्पतालका अध्यक्ष कुमार थापाले भन्नुभयो– ‘यहाँसम्म आइपुग्न सेवाग्राही, अस्पतालका चिकित्सक एवं कर्मचारीहरुको ठूलो योगदान रहेको छ ।’
अस्पतालकी कार्यकारी निर्देशक विद्या थापा श्रेष्ठले सेवाग्र्राहीहरुलाई सहज र सरल उपचार सेवा दिन अस्पताल सवल र सक्षम रहेको बताउनुभयो।
त्यसैगरी, अस्पतालले उपचारमा भित्रिएका नयाँ प्रविधिहरु भित्र्याएर विरामीहरुलाई सेवादिदैँ आइरहेको अस्पतालका सिओओ दिपेन्द्र पोखरेलले बताउनुभयो ।
अस्पतालमा सुविधा सम्पन्न एनआइसियु कक्ष, टेष्ट ट्यु्व वेवी सेवा, प्रसुति तथा महिला रोग सेवा, डाइबेटिज, बालरोग, मुटु रोग, तथायसका सम्पुर्ण परीक्षण सेवा रहेको अस्पतालले जानकारी दिएको छ ।