Logo
|
Thursday 28th March 2024
Logo

epaper

१२५ कोरोना संक्रमित थपिए, ९१ जना संक्रमणमुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १२५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा १ हजार ६२१ सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ९१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ६९ हजार ३ सय ९४ रहेको छ । २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

बुधबारसम्म मृत्यु हुनेको संख्या २ हजार ५५ रहेको छ । अहिलेसम्म देशभर २१ लाख २७ हजार ७८९ नमुनाको पीसीआर परीक्षण भएको छ

प्रतिक्रिया दिनुहोस्