Logo
|
Wednesday 24th April 2024
Logo

epaper

ह्याम्समा ९० वर्षकी आमाको सफल हेमी आर्थोप्लाष्टी



जनस्वास्थ्य सरोकार, काठमाडौं । मंगलबार अपरान्ह ह्याम्स हस्पिटलको छैटौ तलाको पोष्ट अपरेटिभ वार्डमा पुग्दा ९० वर्षकी आमाको जन्मदिन परेकाले केक काटेर जन्मोत्सव मनाइँदै थियो ।

आमाको अगाडि ह्याप्पी वर्थ डे शशीदेवी रिमाल लेखिएको केक थियो । जसमा ९० वर्ष लेखिएको थियो । ति वृद्धआमा सकिनसकी वेडबाट उठेर आफ्नो वर्ड डेमा ताली बजाएर आफैंलाई वीस गर्दै हुनुहुन्थ्यो र उहाँलाई हस्पिटलका डाक्टर र नर्सले पनि ताली बजाएर वर्थ डे वीस गरिरहनुभएको थियोे—‘ह्याप्पी वर्ड डे आमा’ ।

काठमाडौंको कालिकास्थान घर भएकी ९० वर्षकी ती आमाको लडेर हिपको जोर्नी भाँचिएको थियो । फागुन ९ गते अस्पतालमा सफल सिमेन्टेड हेमी आर्थोप्लाष्टी गरिएको थियो । हेमी आर्थोप्लाष्टी भनेको आधा जोर्नी मात्र फेर्ने भन्ने हो । सफल शल्यक्रिया भएको भोलिपल्ट आमाको जन्मदिन परेकाले वर्ड डे कार्यक्रम राखिएको रहेछ ।

आफ्नो दुई छोरा र एक छोरी भएको बताउने वृद्धा आमा शशीदेवी रिमालले भन्नुभयो— ‘घरमा फलामको भ¥याङ छ । जहिले पनि तलमाथि गरिरहन्थेँ । तर के भो के भो लडेछु । हिप भाँचिएछ । ह्याम्समा सफल उपचार भयो । अस्पतालका डाक्टर र नर्सलाई आशिर्वाद दिन चाहन्छु ।’

अस्पतालका घुँडा तथा हिप रिप्लेसमेन्ट सर्जन डा. भाष्करराज पन्त, सन्दिप भण्डारी र डा. प्रशान्त अधिकारी, एनेस्थेटिकतर्फ डा. मुरारी उप्रेति र डा. सुरज लामिछानेलगायत नर्स र पारामेडिक्सहरुको टिमले सफल सल्यक्रिया सम्पन्न गरेको हो ।

९० वर्षको आमाको हिप रिप्लेसमेन्ट गर्न कतिको जोखिम हुने रहेछ भन्ने जिज्ञासामा डा. संन्दिप भण्डारी भन्नुहुन्छ—‘उहाँको लडेर हिप जोर्नी भाँचिएको थियो । ४०—५० वर्षसम्मका व्यक्तिलाई जोड्न मिल्छ । तर ६५—७० वर्ष कटेका व्यक्तिमा हिप ज्वाइन्ट रिप्लेसमेन्ट गर्नुपर्छ । ९० वर्षको आमाको टोटल हिप रिप्लेसमेन्ट नगरी सफल सिमेन्टेड हेमी आर्थोप्लाष्टी गरेका छौं ।’

‘उमेर धेरै भएकाहरुमा एनेस्थेसिया दिन जोखिम हुन्छ । मान्छेको ज्यान पनि जानसक्छ । जहाँ पायो त्यहाँ हुँदा पनि हुँदैन ।—डा. भण्डारीले भन्नुभयो—‘बिरामी हस्पिटल आएकै दिन शल्यक्रिया गर्न सफल भयौं । बुढाबुढीलाई जति ढिला ग¥यो, त्यति नै छाति बिग्रने, श्वासप्रश्वासमा समस्या, आईसियू लानुपर्नेलगायतका धेरै समस्या आउनसक्छ । दिउँसो आउनुभयो । बेलुका शल्यक्रिया गरियो । त्यसपछि पोष्टअप वार्डमा राखियो । भोलिपल्ट बिहान हिँडाइयो पनि । उहाँलाई खासै अक्सिजन त दिनु परेको थिएन । शल्यक्रियापछि आमालाई आईसियूमा एक घण्टा पनि राख्नुपरेन ।’ आमाको आउँदाखेरि हेमोग्लोबिन कम भएकाले रगत चढाइयो । उहाँलाई ३ दिनमा नै डिस्चार्ज गर्न सकिने अवस्था रहेको डा. भण्डारीको भनाइ छ ।

‘सर्जनले शल्यक्रिया गर्छु भनेर मात्र हुँदैन, त्यसमा एनेस्थेटिक टिम, नर्स सबैको भूमिका महत्वपूर्ण हुन्छ । सफल उपचारका लागि दक्ष जनशक्तिको टिम, टेक्नोलोजी र भौतिक संरचनाको भूमिका महत्वपूर्ण हुन्छ ।’—डा. भण्डारीले भन्नुभयो—‘सिमेन्टेड हेमी आर्थोप्लाष्टी गर्दा मुटु तुरुन्तै रोकिन पनि सक्छ । यी सबैलाई व्यवस्थापन गर्ने एनेस्थेटिकले हो । एनेस्थेटिक टिममा अर्थोपेटिक नर्सहरुको भूमिका महत्वपूर्ण हुन्छ । यो टिमवर्क हो । अस्पतालमा आवश्यक सम्पूर्ण जनशक्ति, भौतिक पूर्वाधार र अत्याधुनिक टेक्नोलाजीको सुविधा छ ।’

यसअघि ह्याम्समा ९७ वर्षको आमाको पनि हिप रिप्लेसमेन्ट भएको छ । ८०, ८७, ९० वर्षसम्मका धेरै बृद्धबृद्धाहरुको हिप र घुँडाको सफल जोर्नी प्रत्यारोपण भइरहेको छ । अहिलेसम्म सबैमा सफलता मिलेको डा. भण्डारीले जानकारी दिनुभयो ।

‘राम्रो टिममा असफल हुने सम्भावना कम हुन्छ । उपचार राम्रो भएर मात्र हुँदैन । उपचारपछिको उचित रिह्याविलिटेसनले सम्पूर्ण सफलला प्राप्त हुन्छ । शल्यक्रियापछि आउनसक्ने समस्या समाधान गर्न सक्नु महत्वपूर्ण मानिन्छ ।’—उहाँले भन्नुभयो ।

अस्पतालका एनेस्थेटिक डा. सुरज लामिछानेको अनुसार, एनेस्थेसियाको काम वेहोस गर्ने मात्र होइन, व्यक्तिको जीवन सुरक्षा गर्ने हो । सर्जनले शल्यक्रिया गर्दा प्रेसर कम वा बढी हुनसक्छ, मुटुको चाल गडबड हुनसक्छ, अक्सिजन तह तलमाथि हुनसक्छ । यसले व्यक्तिको ज्यान पनि जानसक्छ ।

This image has an empty alt attribute; its file name is 20210222_140342-768x576.jpg

यी सबै अनुगमन गरेर सम्भावित खतराबाट व्यक्तिलाई मुक्त गराउनु नै एनेस्थेटिकको कर्तव्य हुन्छ । बुढेसकालमा सबै कुरा जटिल नै हुन्छ । उमेर बढी भएका धेरैजसो व्यक्तिलाई एनेस्थेसिया दिन मिल्दैन भन्ने भ्रम छ । तर त्यो होइन । एनेस्थेसिया जसलाई पनि दिन मिल्छ । यसका लागि हरेक उपकरणको व्यवस्थापन, मोनिटर, औषधि आदिको जरुरत पर्छ । औषधिको डोजको मात्र सही हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्