Logo
|
Wednesday 24th April 2024
Logo

epaper

काठमाडौंमा फेरी देखियो बर्ड फ्लू, सयौं कुखुरा, अण्डा र दाना नष्ट



जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंमा फेरी बर्ड फ्लू देखिएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–१ साङ्लामा बर्ड फ्लू भेटिएको छ । यसअघिपनि सोहि स्थानमा बर्डफ्लु देखिएको थियो । बर्डफ्लु भेटिएको स्थान र त्यस वरपरका कुखुरा, चल्ला र अण्डा र दाना नष्ट गरिएको पशुसेवा विभागले जनाएको छ ।
स्थानिय कमल गौतमले पालेका अण्डा नपार्ने लेयर्स कुखुरा दुइ हजार नौ सय ५५ वटा, अण्डा पार्ने लेयर्स दुइ हजार सात सय दुइ वटा, अण्डा तीन हजार पाँच सय ७० वटा र दाना एक हजार ४ सय ५० किलो नष्ट गरिएको छ ।
यतै, सरिता शाहले पालेका बोइलर कुखुरा दुइ हजार नौ सय ६० वटा, दाना सात सय ५० किलो, सम्झना ठकुरी तिवारीले पालेका बोइलर कुखुरा दुइ हजार ७६ वटा, लोकल कुखुरा एक सय सात वटा नष्ट गरिएको छ ।
साङ्लास्थित छाप भन्ने ठाउँका पाँच वटा व्यवसायीक फर्ममा बर्डफ्लु देखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्