Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

नयाँ मेडिकल कलेजको सम्बन्धन नदिइयोस्- डा. केसी



जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले काठमाडौं विश्व विद्यालय (केयू) को सिनेट बैठकमा नयाँ मेडिकल कलेजको सम्बन्धनको विषयले प्रवेश पाएको भन्दै गम्भीर ध्यानाकर्षण व्यक्त गर्नुभएको छ ।


शुक्रबार विज्ञप्ति जारी गर्दै डा. केसीले चिकित्सा शिक्षा ऐनमा नै एउटा विश्व विद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने व्यवस्था गरेको स्मरण गराउनुहुँदै केयूले नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिने विषय नै उठ्न नहुने बताउनुभयो ।

चिकित्सा शिक्षा ऐनमा प्रष्टसँग एउटा विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने व्यवस्था गरेको छ। अहिले नै काठमाडौं विश्वविद्यालय अन्तर्गत् झण्डै दर्जन मेडिकल र डेन्टल कलेज सञ्चालनमा छन्,’ डा.केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘तीमध्ये धेरैले मेडिकल शिक्षाको गुणस्तर लत्याउँदै व्यापारमा मात्र ध्यान दिएकाले गुणस्तर कायम गर्नका लागि त्यस्ता केही मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने विषय अस अगाडिका सिनेट बैठकमा समेत उठेको छ।’

त्रिविले पनि चिकित्सा शिक्षा ऐन जारी हुनु अगाडि नै पाँचभन्दा बढी कलेजहरूलाई सम्बन्धन दिइसकेको भन्दै डा केसीले त्रिवि वा काठमाडौं विश्वविद्यालयले थप मेडिकल कलेजलाई सम्बन्धन दिने अवस्थाको कल्पनै गर्न नसकिने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्