Logo
|
Sunday 13th June 2021
E-paper Magazine

मुलुकभर थप ११२ जना कोरोना संक्रमित थपिए



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा मुलुकभर थप ११२ जना कोरोना संक्रमित थपिएका छन । योसंगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ७३ हजार ९ सय ८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५४ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार २ सय ७७ पुगेको स्वास्थ्य तथा मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयकाअनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या ९ सय ३६ रहेको छ । यसैगरी पछिल्लो २४ घण्टामा दुइ जना संक्रमितको मृत्यु भएको छ ।

नेपाल हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २७७१ पुगेको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्