Logo
|
Thursday 28th March 2024
Logo

epaper

६ सय करोड लगानीमा बिर्तामोडमा दक्षिण एसियाकै सुविधा सम्पन्न क्यान्सर अस्पताल



जनस्वास्थ्य सरोकार, विर्तामोड झापा । पूर्वी नेपाल झापाको बिर्तामोडमा दक्षिण एसियाकै सुविधा सम्पन्न क्यान्सर अस्पताल सञ्चालनमा आएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र संविधानसभाका अध्यक्ष सुभासचन्द्र नेम्बाङ्गले मंगलवार बिर्तामोडमा संचालित पूर्वाचल क्यान्सर अस्पतालको विधिवत उद्घाटन गर्नुभयो ।

६ सय करोडको लगानीमा संचालित ३०० बेड क्षमताको उक्त अस्पताल बर्ष दिन अगाडिबाट सञ्चालनमा आएपनि हालमात्रै विधिवत रुपमा सञ्चालनमा आएको थियो ।अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाल स्वास्थ्य उपचार र परीक्षणका लागि विश्वमै सस्तो र गुणस्तरीय सेवा दिने मुलुक भएको बताउनुभयो । बिर्तामोडमा खुलेको क्यान्सर अस्पतालले नेपालको मात्रै नभएर विदेशी नागरिकका लागि समेत स्वास्थ्यका लागि सहज भएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।


कार्यक्रममा बोल्दै अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले यस अघि आफू जिब्रोको क्यान्सरको बिरामी भएको भन्दै बिरामी हुँदा आफूले पाएको सास्तीलाई सम्झेर आफ्नै गाउँठाउँमा सुविधासम्पन क्यान्सर अस्पताल सञ्चालनमा ल्याउन सफल भएको बताउनुभयो ।
उहाँले आफूले चाँडै अस्पतालमा मृगौला र मुटु प्रत्यारोपणको समेत सुविधा थप्न लागेको जानकारी दिनुभयो । २०६७ सालमा झापाको बिर्तामोडमा सञ्चालित बीएण्डसी अस्पताल खुलेको ९ बर्षपछि सोही अस्पतालको स्वामित्वमै रहनेगरी अर्को पूर्वाञ्चल अस्पताल सञ्चालमा आएको हो । अस्पतालमा विश्वका उत्कृष्ट अत्याधुनिक उपकरणहरु जडान गरी सेवा सञ्चालनमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्