Logo
|
Friday 29th March 2024
Logo

epaper

स्वास्थ्यमन्त्री हृदेयश त्रिपाठीले लगाए कोरोना भाइरसविरुद्धको खोप



जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेयश त्रिपाठीले कोरोना भाइरसविरुद्दको खोप लगाउनुभएको छ । उहाँले यो खोप सुरक्षित भएकाले सबैलाई ढुक्क भएर लगाउन अग्रह गुर्नभयो ।

उहाँले कोरोना भाइरसविरुद्दको खोपको सहज उपलब्धताका लागि मन्त्रालयले प्रयास गरिरहेको बताउनुभयो ।

सांसदहरुलाई खोप लगाउन आज पहिलो दिन प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटा, नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, स्वास्थ्यमन्त्री त्रिपाठी, सांसदहरु लालबाबु पण्डित, मात्रिका यादव, उमेश श्रेष्ठ, विनोद चौधरी, देवप्रसाद गुरुङ, गणेशकुमार पहाडी, जयपुरी घर्ती लगायतले कोरोना खोप लगाइसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्