Logo
|
Wednesday 24th April 2024
Logo

epaper

‘क्यान्सर उपचारका लागि बाहिर जान नपरोस्’—दुर्गाप्रसाद प्रसाईं

करिब ६ अर्बको लगानीमा दक्षिण एसियाकै उत्कृष्ठ नमुना पूर्वाञ्चल क्यान्सर अस्पताल



दुर्गा प्रसाईं दक्षिण एसियाकै नमुना अस्पताल पूर्वाञ्चल क्यान्सर हस्पिटलका अध्यक्ष हुनुहुन्छ । उहाँले क्यान्सर जितेपछि हस्पिटल सञ्चालन गर्नुपर्ने आवश्यकता महसुस गर्नुभयो । र, एकवर्षदेखि नेपालको सुदुरपूर्वी क्षेत्र झापाको बिर्तामोडमा सुविधासम्पन्न अध्याधुनिक पूर्वाञ्चल क्यान्सर हस्पिटल सञ्चालनमा ल्याउन सफल हुनुभयो । हाल सो हस्पिटलको प्रधानमन्त्री केपि शर्मा ओलीले समुद्घाटन गरिसक्नुभएको छ ।


नेपालबाट बर्षेनी १० अर्ब रुपियाँ भन्दा बढी रकम क्यान्सर उपचारका लागि भारत, सिंगापुर लगायतका तेस्रो मुलुकमा बाहिरिने गरेको विभिन्न तथ्यहरुले पुष्टी गरिसकेका छन् । मुलुकमा नै अन्तर्राष्ट्रियस्तरको सेवा उपलब्ध गराउने सोच बोकेका प्रसाईं स्वदेशमै बिरामी र उसका आफन्तलाई हुने विभिन्न झन्झट र दुःखकष्टबाट राहत दिन सकिने अनुभव सुनाउनुहुन्छ । यसरी क्यान्सर उपचारमा विदेशीने ठूलो धनराशीलाई रोक्न सकिने अध्यक्ष प्रसाईंको भनाइ छ । यसै सन्दर्भमा जनस्वास्थ्य सरोकारले प्रसाईंको कथा उहाँकै शव्दमा प्रस्तुत गरेको छ ।


आज भन्दा चार वर्ष अघिको कुरा हो । बि. सं.०७२ सालको अन्तिम महिनातिर मलाई जिब्रोको क्यान्सर भएको रहेछ । सो कुरा बि.सं.२०७३ वैशाख ६ गते आफैंले स्थापना गरेको अस्पतालमा नै जिव्रोको क्यान्सर प्रमाणित भयो । त्यो बेला क्यान्सर पहिचान गर्न सकिएपनि अस्पतालमा उपचार हुँदैनथ्यो । प्रस्तावित बी एण्ड सी मेडिकल कलेजमा साधारण उपचार मात्रै हुन्थ्यो । उपचारका लागि नाक, कान, घाँटी सम्बन्धि क्यान्सर सर्जनको खोजीमा भारत जानुप¥यो ।


मैले दिल्ली, गुरुग्रामस्थित मेदान्त अस्पतालमा क्यान्सर प्रभावित जिब्रोको अप्रेसन गराएँ । जुन अप्रेसन गर्न ९ घण्टा लाग्यो । सो अस्तालमा कार्यरत रेडियसन अंकोलोजिष्ट डा. तेजेन्द्र कटरीयाले स्वदेशमा नै क्यान्सर उपचार शुरु गर्न प्रेरणा दिनुभयो ।

उहाँले भन्नुभयो‘तपाइ जत्तिको मान्छेको मेडिकल कलेज रहेछ । यहाँ उपचारका लागि आउनुभयो । नेपालीहरु उपचारका लागि धेरै आउँछन् । दुःख पाउँछन्, पैसा सकिन्छ, रुन्छन् । यो दुःख पीडाबाट मुक्त गराउनुहोस् ।’

मेरो टाँका खोलेको थिएन । बोल्न मिल्दैनथ्यो, लेखेर कुराकानी भयो । सात दिनमा अस्पतालबाट डिस्चार्ज भएँ । आठौं दिनमा क्यान्सर हस्पिटलको शिलान्यास गर्न सफल भएँ । क्यान्सर उपचारका लागि बाहिर जान नपरोस् भनेर विश्वस्तरीय अत्याधुनिक उपकरण भित्र्याउन थालेँ । पैंसा कमाउन भन्दा पनि सेवा गर्न र नाम कमाउन मन छ । जीवन भनेको वास्तवमा अनौठो चिज रहेछ । केहि क्षणका लागि मानिस यस धर्तिमा जन्मिएको हुन्छ । अजम्बरी कोही हँुदैन । त्यसैले वर्तमान क्षणलाई सदुपयोग गर्नुपर्छ । सबैको भलो चिताउनुपर्छ । नराम्रो सोच्नुहुँदैन ।


कहिलेकाहिँ त सोच्छु क्यान्सर अस्पताल खोल्नकै लागि क्यान्सर भएको हो कि जस्तो लाग्छ । नेगेटिभ मै पोजेटिभ खोजेँ । मेरो आग्रह छ—‘क्यान्सर लाग्दैमा आत्तिहाल्नु हुँदैन । समयमा रोग पहिचान र सही उपचार पाएमा क्यान्सर जित्न सकिन्छ’ । पहिलो काटेर फ्याक्ने, दोस्रो रेडियसन र तेस्रो केमो थेरापी गरी क्यान्सर उपचारका तीनवटा उपाय छन् ।

अहिले हामी एकै छानामुनी सम्पूर्ण क्यान्सर डायग्नोसिस, उपचार सेवा प्रवाह गर्न सफल भएका छौं । निकट भविश्यमै बोनम्यारो ट्रान्सप्लान्ट कार्यक्रम अघि बढाउने सोंचमा छौं । किड्नी, लिभर ट्रान्सप्लान्टमासमेत जादैछौं । अबको ६ महिना भित्र आर्टिफिसियल मुटु प्रत्यारोपणका कार्यक्रमहरु अघि वढाउँदैछौ ।


हाम्रो हस्पिटल भनेको मेडिकल टुरिजम अन्तर्गत नै पर्छ । यससँगै फाइभ स्टार होटेल पनि निर्माण हुँदैछ । साना होटेलहरु, हाउजीङहरुका कायहरु पनि सुरु गरेका छौं । हाम्रो प्रतिस्पर्धा काठमाडौंसँग होइन । दिल्ली, सिंगापुर,अमेरीकामा उपचार गर्ने जाने बिारमीहरुसँग हो । हामी क्यान्सर उपचारका लागि विदेशिने बिरामीहरु रोक्दै छौं ।

अस्पतालमा सबैभन्दा बेस्ट क्यान्सरसम्बन्धि मेडिकल उपकरणहरुको व्यवस्था गरेका छौं । पेट स्क्यान, गामा क्यामरादेखि क्याथ ल्याव लगायतका सम्पूर्ण उपकरणहरु छन् । हामी थप अनुसन्धान गर्दैछौं । उपचारकै लागि बिरामीहरुलाई विदेश जान नपर्ने वातावरण सृजना गर्न लागिपरेका छौं । मुलुकबाट क्यान्सर उपचारका लागि बर्षेनी अर्बौ रकम बाहिरिने गरेको छ । मेरो इच्छा नेपालमा युनिभर्सीटी बनाउने हो । जसले इतिहासमा नाम लेखियोस् ।


मैले चौथो चरणको क्यान्सर भएर पनि बाँचेको देखेको छु । नेपालका अधिकांश अस्पतालहरुमा इक्वेपमेन्ट राम्रा छैनन् । विश्वस्तरीय उपकरण र उपचारको अभावमा मान्छेले मृत्युवरण गर्ने हो । अधिकांश अस्पतालहरुमा मेडिकल प्रणाली व्यवस्थित छैन । हाम्रो अस्पतालमा क्यान्सर उपचार सम्बन्धित कन्सल्टेन्ट डाक्टरहरुबाट नै हुने गर्छ ।

ए क्लासका इक्विपमेन्टहरु उपलब्ध छन् । हामीले ३९ सेकेन्डमै रेडियसन दिने मेसिन ल्यायौं । अहिले साइबर नाइफ मेसिन मगाएका छौं, जसले १५ सेकेन्डमै रेडियसन दिन्छ । अन्त्यमा, आम नेपाली नागरिकलाई यो अस्पतालमा पुगेर उपचार लिनुस् भन्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्