Logo
|
Thursday 25th April 2024
Logo

epaper

लुम्बिनी प्रदेशमा साँढे ५ हजार क्षयरोगी



जनस्वास्थ्य सरोकार, नेपालगञ्ज । लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा साँढे ५ हजार भन्दा बढी क्षयरोगका बिरामी फेला परेका छन् ।


विश्व क्षयरोग दिवसको अवसरमा नेपालगञ्जमा आयोजित एक कार्यक्रममा दिइएको जानकारी अनुसार लुम्बिनी प्रदेशका जिल्लामध्ये सबै भन्दा बढी रुपन्देही जिल्लामा क्षयरोगी भेटिएका छन् ।

रुपन्देहीमा एक हजार एक सय ६३, दोस्रो दाङमा नौ सय १६ र तेस्रो बाँकेमा आठ सय ३३ क्षयरोगी छन् । त्यस्तै बाँकेमा आठ सय ३३ जना क्षयरोगी फेला परेका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजँग शाहको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजयकुमार श्रीवास्तव, भेरी अस्पतालका डा.सुमन अर्याल लगायतका वक्ताहरुले क्षयरोग विरुद्ध जनचेतना फैलाउनु पर्नेमा जोड दिनुभएको थियो ।

लुम्बिनी प्रदेशमा कहाँ कति क्षयरोगी ?

जिल्लाक्षयरोगी संख्या
रुपन्देही११६३
दाङ९१६
बाँके८३३
बर्दिया५२०
कपिलवस्तु५८७
नवलपरासी पूर्व४२१
पाल्पा३०२
अर्घाखाँची१९४
गुल्मी१९४
प्यूठान२९९
रोल्पा२०८
रुकुम पूर्व२५
जम्मा५६६२

प्रतिक्रिया दिनुहोस्