Logo
|
Wednesday 24th April 2024
Logo

epaper

राष्ट्रिय प्रत्यारोपण केन्द्रमा छैटौं पटक सफल कलेजो प्रत्यारोपण



जनस्वास्थ्य सरोकार, काठमाडौँ । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा छैटौं पटक सफल कलेजो प्रत्यारोपण भएको छ । शनिबार भक्तपुर निवासी ४४ वर्षीय पुरुषमा कलेजो प्रत्यारोपण गरिएको केन्द्रका निर्देशक डा. प्रेमराज ज्ञवालीले जानकारी दिनुभयो । ४४ वर्षीय पुरुषलाई उहाँकै २५ वर्षीया छोरीले कलेजो दान गर्नुभएको थियो ।

प्रत्यारोपणमा केन्द्रका कलेजो टिमका डा. छेतेन योञ्जन, डा. अनिसा तिवारी, डा.ललित दास, एनेष्थेरियामा डा. आरती राई, डा.शुसिल तामाङ तथा नर्सहरु बिनिता उप्रेती र अनिता सहभागी हुनुहुन्थ्यो । प्राविधिक सहयोगका लागि भारतबाट डा. शलिन अग्रवालको नेतृत्वमा ५ जनाको टिम आउनुभएको थियो ।

यो सँगै नेपालका तीनवट अस्पतालमा गरेर १२ जनामा कलेज प्रत्यारोपण भएको छ। केन्द्रमा ६, त्रिवि शिक्षण अस्पतालमा ५ र चितवनस्थित चितवन मेडिकल कलेजमा १ गरी १२ जनामा प्रत्यारोपण भएको हो।

प्रतिक्रिया दिनुहोस्