Logo
|
Thursday 18th April 2024
Logo

epaper

स्वास्थ्य मन्त्रालयको १० बुँदे अनुरोधः रेष्टुरेन्ट र रात्रीकालीन व्यवसाय ९ बजेपछि बन्द



जनस्वस्थ्य सरोकार, काठमाडौं । मुलुकमा कोभिड १९ को संक्रमण बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रेष्टुरेन्ट र रात्रीकालीन व्यवसाय ९ बजेपछि बन्द गर्न अनुरोध गरेको छ । बुधबार मन्त्रालयले एक विज्ञप्तिमार्फत १० बुँदे अनुरोध जारी गरेको हो ।

काठमाडौं, पोखरालगायत ठूला सहरमा विद्यालय जाने उमेर समूहमा संक्रमण बढेको भन्दै सचेत हुन सबै शैक्षिक संस्थालाई अनुरोध, सार्वजनिक यातायातमा भीडभाड कम गर्ने र स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने, सपिङ महल, नाचघर, सिनेमाहल, पार्टी प्यालेस, हेल्थ क्लब, पौडी पोखरी र धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्डमा कडाइका साथ पालना गर्नुपर्ने, विदेशबाट फर्किएपछि अनिवार्य घरमै क्वारेन्टिनमा बस्नुपर्ने सार्वजनिक स्थलमा अनिवार्य रुपमा मास्क प्रयोग गर्नुपर्ने, आवागमनमा कडाईलगायतमा कुरा उल्लेख गरिएको छ ।

यस्तो छ विज्ञप्ति

प्रतिक्रिया दिनुहोस्