Logo
|
Saturday 20th April 2024
Logo

epaper

पछिल्लो २४ घण्टामा ३ सय ३२ जनामा कोरोना सङ्क्रमण



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ३२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । चार हजार ६ जनाको पीसीआर परीक्षण गर्दा तीन सय ३२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७९ हजार एक सय पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७९ जना सङ्क्रमणमुक्त भएका छन् । यो सँगै कोरोना संक्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७३ हजार ६ सय आठ पुगेको छ । अहिले देशभर दुई हजार चार सय ५४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट कसैको पनि ज्यान गएको छैन । नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमणका कारण तीन हजार ३८ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्