Logo
|
Wednesday 24th April 2024
Logo

epaper

नेपालमा ५ सय १७ जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ५ सय १७ जनामा कोरोना पुष्टि भएको छ। ४ सय ६० जना पिसिआर र ५७ जना एन्टीजेन परीक्षणमा गरी ५ सय १७ जनामा कोरोना पुष्टि भएको हो।

यो सँगै कुल संक्रमितको संख्या २ लाख ८० हजार ९ सय ८४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हाल ३ हजार ६ सय ८ जना आइसोलेसनमा छन्।

वितेको २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार ५८ पुगेको छ। हाल ८५ जना क्वारेन्टाइनमा छन्।

सोही अवधिमा १ सय ५३ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७४ हजार ३ सय १८ जना पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्