Logo
|
Thursday 25th April 2024
Logo

epaper

भारतमा अनियन्त्रित बन्दै कोरोना, एकैदिन एक लाख ८५ हजारमा संक्रमण



जनस्वास्थ्य सरोकार । भारतमा कोरोना भाइरसको दोस्रो लहर झन् भयावह बन्दै गएको छ । दैनिक लाखौंको संख्यामा कोरोना संक्रमित भेटिन थालेका छन् ।

बुधबार देशभर एक लाख ८५ हजार कोरोनाका नयाँ संक्रमित फेला परेको भारतीय केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मंगलबार भने एक लाख ६१ हजार नयाँ संक्रमित भेटिएका थिए । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा भारतमा एक लाख ८५ हजार २ सय ४८ जना कोरोनाका नयाँ संक्रमित फेला परेका छन् । सोही अवधिमा एक हजार २५ जनाको मउत्यु भएको छ ।

योसँगै हालसम्म भारतमा एक करोड ३८ लाख ७० हजार सातसक्ष् ३१ जना पुगेका छन् । मृतकको संख्या भने एक लाख ७२ हजार एकसय १४ पुगेको छ ।

देशभरीमा देखिएका संक्रमितहरुको संख्यामध्ये ८८ प्रतिशत १० राज्यमै देखिएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले मंगलबार महाराष्ट्र, उत्तर प्रदेश, छत्तीसगढ, दिल्ली, कर्नाटक, तमिलनाडु, मध्य प्रेदश, गुजरात, राजस्थान र केरलमा दैनिक हजारौंको संख्यामा कोरोना संक्रमित बढिरहेको जानकारी दिएको छ ।

जसमध्ये केन्द्रीय राजधानीसमेत रहेको महाराष्ट्रमा हालत खराब छ । जहाँ बुधबार ६० हजार २ सय १२ जना नयाँ संक्रमित फेला परे भने, २८१ जनाको मृत्यु भएको छ ।

गम्भरि अवस्थालाई मध्यनजर गर्दै सरकारले आवदेखि १५ दिनसम्मका लागि राति आठ बजेदेखि राज्यव्यापी कर्फ्यू जारी गरेको छ ।
महाराष्ट्रको स्वास्थ्य विभागले हालसम्म राज्यमा ५ लाख १९ हजार २ सय ९ जना संक्रमित भएको र ५८ हजार ५ सय २६ जनाको मृत्यु भएको जानकारी दिएको छ ।

राष्ट्रिय राजधानी दिल्ली सबैभन्दा बढी प्रभावित बनेको छ । जहाँ मंगलबार १ हजार चारसय ६८ जना नयाँ संक्रमित भेटिएका छन् भने, ८१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । अहिलेसमम मुम्बईमा सबैभनदा बढी ९ हजार ९८६ जना संक्रमित मंगलबार फेला परेका छन् ।

प्रतिक्रिया दिनुहोस्