Logo
|
Friday 19th April 2024
Logo

epaper

बाँकेमा बैशाख ९ गतेबाट लकडाउन गर्न सिफारिस



जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोभिड-१९ संक्रमितले दिनदिनै रेकर्ड ब्रेक गर्न थालेपछि बाँके जिल्ला कोभिड १९ संकट व्यवस्थापन समिति अन्ततः ‘लकडाउन’ गर्ने निश्कर्षमा पुगेको छ । डीसीसीएमसीको मंगलबार बसेको बैठकले जिल्लामा संक्रमणको महामारी रोकथाम गर्न बैशाख ९ गतेबाट जिल्लामा ‘लकडाउन’ गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

बिगत एक हप्ताबाट हरेक दिन सयौंको संख्यामा संक्रमित थपिंदै गएपछि डीसीसीएमसीले लकडाउनको सिफारिस गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेललाले जानकारी दिनुभयो ।  संक्रमणको दर र त्यसबाट मृत्युदर समेत उच्च भएपछि सरोकारवालाहरूले बाँकेमा लकडाउन आवश्यक रहेको बताउन थालेका थिए । एकै दिन ठूलो संख्यामा संक्रमित थपिने र त्यसमा पनि गम्भीर प्रकृतिको संक्रमितको संख्या उच्च भएपछि बाँकेका सबै कोरोना बिशेष वार्डहरू भरिभराउ भएका छन् ।

प्रतिक्रिया दिनुहोस्