Logo
|
Thursday 28th March 2024
Logo

epaper

ट्राफिक प्रहरीलाई मास्क र स्यानिटाइजर



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नारायणगढ रोटरी क्लबद्धारा वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

क्लबका अध्यक्ष अनुकूल श्रेष्ठले मङ्गलबार ट्राफिक प्रहरी उपरीक्षक शान्तिराज कोइरालालाई कोरोना रोकथामका लागि आवश्यक सामग्री हस्तान्तरण गर्नुभएको हो ।

नेपालमा पुनः महामारीको रूपमा फैलिरहेको कोरोनाको दोस्रो लहर र यसले सिर्जना गरेको कठिन परिस्थितिमा पनि दैनिकरूपमा अग्रपङ्क्तिमा रहेर काम गर्नुपर्ने ट्राफिक प्रहरीको स्वास्थ्यलाई मध्यनजर गर्दै नारायणगढ रोटरी क्लबद्वारा उक्त कार्यालयका लागि ५०० थान फेस मास्क, १० लिटर स्यानिटाइजर र १२५ मिलिलिटरको स्प्रे बोटल वितरण गरिएको क्लबले जनाएको छ ।

सहयोग सामग्रीमध्ये क्लबका पूर्वअध्यक्ष मनोज प्रधानले आफ्नो व्यावसायिक प्रतिष्ठान टाइम फर्मास्युटिकल्सबाट उत्पादित पाँच लिटर स्यानिटाइजर सौजन्य गरेको क्लबका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा क्लबका पूर्वअध्यक्ष मनोज प्रधान, विज्ञानलाल श्रेष्ठ, राजेन्द्र ओली र सञ्जय श्रेष्ठ एवं उक्त कार्यालयका प्रहरी निरीक्षक मुनेन्द्र थापाको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्