Logo
|
Thursday 25th April 2024
Logo

epaper

निःसन्तान उपचारमा दक्ष चिकित्सकको भूमिका



जनस्वास्थ्य सरोकार । ‘सन्तान नहुने दम्पत्तिले एकैचोटी टेष्टट्यूब बेबी गर्नुपर्दैन । यसको कारण हेरी साधारण उपचारबाट शुरु गर्नुपर्छ । केही नलागेपछि मात्र टेष्टट्यूब बेबीमा जानुपर्छ । तर यदि महिलाको दुवै डिम्बबाहिनी नली बन्द भएमा टेष्टट्यूब बेबी मात्र एक विकल्प हो । अहिलेसम्मको आईभिएफ गरेको नतिजा विश्लेषण गर्दा सबैभन्दा धेरै पाठेघरको डिम्बबाहिनी नली बन्द भएका महिलाहरु छन् ।

सरकारी तहबाट निःसन्तान उपचारको विकासका लागि सहयोग र सहजीकरण भएमा धेरै निःसन्तानलाई सन्तान सुख दिन सकिन्छ । हामीजस्ता सबै विशेषज्ञहरुलाई अघि बढ्न अझ हौसला मिल्ने देखिन्छ ।’—डा.सानुमैया श्रेष्ठ भन्नुहुन्छ ।

Australia Awards Scholarship (AUS AID) छात्राबृत्तिमा अस्ट्रेलियाको न्यू साउथ वोल्स विश्वविद्यालयमा स्त्री तथा प्रशुतिमा मास्टर्स डिग्री सकेर सिड्नीस्थित रोयल हस्पिटल फर ओमेनमा इनभिट्रो फर्टिलाईजेसन (आईभीएफ) सम्बन्धि तालिम लिँदा वरिष्ठ टेष्टट्युब बेवी विशेषज्ञ डा. सानुमैया श्रेष्ठ (प्रधान) लाई निःसन्तान नेपाली दम्पत्तिलाई सन्तान सुख दिने ठूलो चाहना थियो । नेपाल फर्किएपछि डा.श्रेष्ठले प्रशुति गृहको एकेडेमिक रजिष्टार हुँदै ओम हस्पिटलको ओम आईभिएफ सेन्टरसम्म काम गर्नुभएको थियो । पछि ग्वार्कोस्थित ग्लोवल हस्पिटलमा रहेको आईभिएफ नेपालबाट पनि धेरैलाई सन्तान सुख दिन सफल हुनुभयो । हाल आफ्नै क्रियटर्स आईभिएफ नेपाल प्रा.लि. स्थापना गरी सो संस्थाको सञ्चालकसमेत रहेकी वरिष्ठ प्रजनन् विशेषज्ञ डा. श्रेष्ठको भनाइ आफ्नै शव्दमा…. ।

This image has an empty alt attribute; its file name is fb8ed1fe-f787-4bef-8dde-7fdf90c8beea

दक्षता
निःसन्तान दम्पत्तिको उपचार गर्ने विज्ञ चिकित्सक सिपालु र दक्ष हुनुपर्छ । उनीहरुस्ाँग महिला प्रजनन् प्रणालीसम्बन्धि सम्पूर्ण आधारभुत ज्ञान हुन जरुरी हुन्छ । महिलाको सेक्सुअल लाइफलगायतका सामान्य कुराकोसमेत ख्याल गर्नुपर्छ । निःसन्तान दम्पत्तिहरुलाई सामान्य जाँच नगरी आइभिएफतर्फ जाने सल्लाह दिन हुँदैन । कतिपयले सामान्य उपचार गरेमा सन्तान हुने अवस्थाका दम्पत्तिहरुलाई आईभिएफ गराइरहेका छन । कतिपय अस्पताल क्लिनिकहरुले इफर्टिलिटीको उपचार र डायग्नोसिसमको नाममा अनावश्यक प्रयोगशाला परीक्षणमा खर्च गराइरहेका हुन्छन् । बिना दक्ष जनशक्ति आइभिएफ उपचार सफल हुनसक्दैन ।

आइभिएफ उपचार क्षेत्रमा लागेका डाक्टरहरु एसिस्टेट रिप्रोडक्टिभ टेक्नोलोजी (ART) बारे अपडेट भइरहनुपर्छ । वास्तवमा आइभिएफ उपचार विधि कला (ART) हो । सिमित स्रोत साधनबाट राम्रो परिणाम देखाउन सक्नु एउटा दक्ष डाक्टरमा हुनुपर्ने गुण हो ।

त्यसर्थ निःसन्तानसम्बन्धि जनचेतनामुलक कार्यक्रमको पनि उत्तिकै जरुरत छ । पहिला सन्तान नहुनुको कारण पत्ता लगाउनुपर्छ । त्यसपछि गर्भाधारणका लागि साधारण तरिकाबाट उपचार शुरु गर्नुपर्छ । नेपालमा पति पत्नीको सबै ठीक भएर पनि सन्तान नहुने समस्या धेरै छ । यस किसिमको समस्या लिएर मेरो क्लिनिक आउने दम्पत्तिको संख्या करिब ४० प्रतिशत छ । शुक्रक्रिट शुन्य हुने पुरुषहरुको संख्या करिब २५—३० प्रतिशतको हाराहारीमा छ । महिलाको पाठेघरको दुवै नली बन्द हुने संख्या पनि धेरै छ । यसका लागि आईभिएफको विकल्प छैन । योनीको सरसफाइमा ध्यान नदिँदा हुने संक्रमण, पटपटक गर्भपतन गराउँदा हुनसक्ने इन्फेक्सन, पाठेघरको ट्युमर निकाल्दा हुनसक्ने संक्रमण, पेल्भिक संक्रमण, इन्ड्रोमेट्रियोसिस, क्षयरोगलगायतका कारण पाठेघरको दुवै नली बन्द हुँदा यस किसिमको समस्या देखिनसक्छ । यद्यपी मेरो अनुभवमा पाठेघरको दुवै नली बन्द भएर आईभिएफ गराउनुपर्ने महिलाहरुको संख्या धेरै छ ।


पोलिसिस्टिक ओभरियन सिन्ड्रोम (पिसिओएस) का कारण २—३ महिनामा महिनावारी हुने कतिपय महिलाको ओभुलेसन कहिले हुन्छ भन्ने थाहा नै हुँदैन । कसैकसैको महिनावारी भएको २६ औं दिनमा बल्ल अण्डा बनेको हुन्छ । यो समयमा यौन सम्बन्ध राख्न सल्लाह दिँदा गर्भवती भएका धेरै उदाहरण छन् । पतिको शुक्रक्रिट राम्रो भएको अवस्थामा पत्नीको ओभुलेसन ढिला भएर केही हुँदैन । हामीले ट्रयाक गरेर यौन सम्बन्धमा बस्न सल्लाह दिने गर्दछौं । यसरी निःसन्तानको उपचारलाई सिम्लिफाइड तरिकाले लैजानुपर्छ । ठूलो इन्भेष्टिगेसन गर्नपूर्व अवस्था सामान्य भएमा पत्नीको ओभुलेसन भएको समय मिलाएर यौन सम्बन्ध राखेमा गर्भ बस्नसक्छ । निःसन्तानको उपचारका हरेक खुड्किलो चढ्दै जाँदा सन्तान सुख अवश्य प्राप्त हुन्छ ।

तालमेल मिलाउनुपर्ने आवश्यकता
महिलाहरुमा ओभुलेसनको समय र यौन सम्बन्धको समय नमिल्दा गर्भ रहेको हुँदैन । यस्तो अवस्थाका महिलाहरुको अण्डा बनेको समय हेरेर अण्डा झर्ने औषधि दिनुपर्छ । यसलाई ट्रिगर इन्जेक्सन भनिन्छ । ओभुलेसन गराउने इन्जेक्सन दिएर दुई दिन सँगै बसेर इन्टरकोर्ष गर्ने सल्लाह दिएका करिब १२ प्रतिशत महिला गर्भवती हुने गरेका छन् । नियमित महिनावारी हुने महिलाहरुको फर्टायल टाइम व्यक्ति अनुसार कसैको १०, कसैको १२ र कसैको १४ दिन, कसैको २० दिनसम्म पनि हुनसक्छ ।


पोलिस्टिक ओभरियन डिजिजमा यदि पुरुषको शुक्रक्रिटको अवस्था ठीक छ भने औषधिको माध्यमबाट महिलाको अण्डा विकास गरेर टाइम्ड इन्टरकोर्ष गर्ने सल्लाह दिएका धेरै महिला गर्भवती भएको मेरो अनुभव छ ।


करिब ६० प्रतिशतलाई आई.यु.आई. को सल्लाह दिइन्छ । उनीहरुमा आई.यु.आई. गर्दा प्रिग्नेन्सी (गर्भाधारण) दर १२ देखि २० प्रतिशत सम्म हुने गरेको छ । पुरुषको शुक्रक्रिटको क्वालिटी (गुणस्तर) र संख्या कम भएका व्यक्तिलाई आई.यु.आई. गरिन्छ । प्रति मिलिलिटर (एमएल) वीर्यमा शुक्रक्रिटको संख्या १५ सय मिलियन भन्दा बढी हुनुपर्छ । चल्ने शुक्रकिटको संख्या ५० प्रतिशत भन्दा कम भएमा पनि गर्भ बस्न सक्दैन । यस्तो अवस्थामा पुरुषको शुक्रक्रिटलाई सफा गरेर गुणस्तरीय बनाएर महिलाको पाठेघरमा राख्नुपर्छ । यो प्रविधिलाई आईयुआई भनिन्छ । आईयुआई ३—६ साइकलसम्म गरिन्छ । त्यो बेलासम्म प्रिग्नेन्सी हुन नसकेमा आईभिएफ गर्ने सल्लाह दिइन्छ ।

This image has an empty alt attribute; its file name is 74b0da7b-dd91-44c8-8a46-726716ed67d3

इम्ब्रियोलोजिष्टको मुख्य भूमिका
आई.भि.एफ.गर्दा एन्ड्रोलोजी ल्याबमा पुरुषको शुक्रक्रिट प्रोसेस गरेर तयार पारिन्छ र इम्ब्रियोलोजी ल्याबमा पुरुषको प्रोसेस्ड शुक्रक्रिट र महिलाको अण्डा मिलाएर इम्ब्रियो बनाइन्छ । ४८ घण्टामा फोर सेल स्टेजको इम्ब्रियो भएपछि पाठेघरमा राख्ने काम गरिन्छ । यसरी आई.भि.एफ गरेको १५ दिनमा परीक्षण गर्दा गर्भ रहेनरहेको पत्ता लाग्छ । पत्नीको अण्डा र पतिको शुक्रक्रिट ल्याबभित्र एउटा ग्लासमा मिलाएर बनेको भ्रूण महिलाको पाठेघरमा राख्ने प्रविधि आईभिएफ हो । त्यसैले महिलाहरुको उमेर बढ्दै जाँदा अण्डाको भण्डार कम हुँदै जाने भएकाले ढिलो बच्चा जन्माउनेहरुले एकपटक सम्बन्धित चिकित्सकसँग सल्लाह लिन जरुरी हुन्छ ।
आइभिएफको सफलता र खर्च
आइभिएफ उपचार शत्प्रतिसशत सफल हुने उपचार विधि होइन । यसको गर्भाधान सफलदर ४८ देखि ५२ प्रतिशतसम्म हुन्छ । त्यसमध्ये पनि कतिपयको विविध कारणले बच्चा खेर जानसक्छ । यसरी हेर्दा हाम्रो केन्द्रबाट हातमा बच्चा लिएर जाने दर करिब ३३ प्रतिशत रहेको छ । यो आईभिएफ उपचार सर्वसाधारणका लागि खर्चको दृष्टिले त्यति सस्तो छैन ।

एकपटक आइभिएफ गर्दा १ लाख ५० हजार रुपियाँ देखि ३ लाख ५० हजार रुपियाँ सम्म खर्च हुनसक्छ ।

निःसन्तान र काउन्सिलिङ
सन्तान सुखको चाहना बोकेका दम्पत्तिहरुको शुरुदेखिको सम्पूर्ण हिस्ट्री बुझ्नुपर्छ । बिहे भएको कति समय भयो ? कहिले देखि बच्चाको कोसिस गर्दैहुनुहुन्छ ? पतिपत्नी बीच सम्बन्ध कस्तो छ ? लगायतका प्रश्नदेखि उनीहरुलाई धैर्य राख्न अनुरोध गरेर उपचार शुरु गर्नुपर्छ । निःसन्तान आफैं रोग होइन तर यो मनोसामाजिक रोग भने पक्कै हो ।
गर्भपतन र निःसन्तानको सम्बन्ध
पटकपटक असुरक्षित गर्भपतन गराउनेहरुमा बाँझोपनको समस्या देखिनसक्छ । असुरक्षित गर्भपतनले पाठेघरमा संक्रमण भई ट्युव ब्लक हुनसक्छ र निःसन्तानको समस्या निम्त्याउनसक्छ । यस्तो अवस्थामा सिधै आइभिएफ गर्नुपर्ने पनि हुन्छ ।

प्रतिक्रिया दिनुहोस्