Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

देशभर थपिए ८६५९ संक्रमित, ५८ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ। पछिल्लो २४ घण्टामा ८ हजार ६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ पीसीआर परीक्षणमा ८ हजार ६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै वितेको २४ घण्टामा कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु भएको छ ।

हालसम्म कोरानाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ४७५ पुगेको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र ३,८३५ जना संक्रमित थपिएका छन् । 

त्यस्तै आज १९९३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

सक्रिय संक्रमित संख्या ५६हजार ३५२ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्