Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

बबरमहलमा होप फर्टिलिटी सेन्टरको शुभारम्भ



जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको बबरमहलमा निःसन्तान दम्पत्तिहरुलाई अत्याधुनिक उपचार र आईभिएफ सेवा उपलब्ध गराउन प्रजनन् स्वास्थ्य विशेषज्ञ डा. स्वस्ती शर्माले ‘होप फर्टिलिटी एण्ड डायग्नोष्टिक प्रा.लि.’ सञ्चालनमा ल्याउनुभएको छ ।

करिब एक दशकदेखि निःसन्तान र आईभिएफ उपचारमा क्रियाशील डा. शर्माले अत्याधुनिक आईभिएफ सेवा उपलब्ध गराउन सो सेन्टर सञ्चालनमा ल्याउनुभएको हो ।

डा. शर्माले आज नेपाली संस्कृति अनुसार भगवानको पूजा आराधना गरेर सो सेन्टर सञ्चालनमा आएको जानकारी गराउनुभएको छ ।

गुणस्तरीय सेवा मार्फत निःसन्तान दम्पत्तिको उपचार गरेर खाली काख भर्ने उद्देश्य सेन्टरको रहेको डा. शर्माले बताउनुभएको छ ।

यसअघि शर्माले ग्रिनसिटी आईभिएफ, भेनस आईभिएफ सेन्टरबाट दजनौंलाई सन्तान सुख दिन सफल हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्