Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन



जनस्वास्थ्य सरोकार, काठमाडौं। ‘घुम्तीमा नआऊ है’, ‘पर लैजाऊ फूलहरु’, लगायतका कालजयी र प्रसिद्ध गीतका गायक प्रेमध्वज प्रधानको निधन भएको छ । नशासम्बन्धी समस्याबाट ग्रसित प्रधानको आज न्यूरो अस्पतालमा निधन भएको हो ।

८२ वर्षीय गायक प्रधान लामो समयदेखि स्वास्थ्य सम्बन्धी समस्यासँग लडिरहनुभएको थियो । पछिल्लो समय स्थिति जटिल बनेपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो ।

प्रधानका ७ सयभन्दा धेरै गीत रेकर्ड भएका छन् । उहाँ सानैबाट संगीतमा सक्रिय हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्