Logo
|
Thursday 18th April 2024
Logo

epaper

देशभर ९१९६ जनामा संक्रमण, ५० जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा कोरोना भाइसर संक्रमितको संख्या उकालो लाग्ने क्रम जारी छ । पछिल्लो चौविस घण्टामा देशभर ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाबाट १९ हजार ९८७ पीसीआर परीक्षण गर्दा ९ हजार २३ जनामा र ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा १७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या ७८ हजार ६२९ पुगेको छ । कुल संक्रमितको संख्या ३ लाख ७७ हजार ६०३ पुगेको छ ।
पछिल्लो चौविस घण्टामा ५० जना कोरोना संक्रमितको निधन भएको छ । यो संगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेहरुको संख्या ३ हजार ५७९ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी सोहि अवधिमा २ हजार ९०५ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । यो सँगै हालसम्म कोरोनामुक्तहुनेहरुको संख्या २ लाख ९५ हजार ३ ९५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्