Logo
|
Thursday 18th April 2024
Logo

epaper

बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु



जनस्वास्थ्य सरोकार, बाँके । बाँकेका अस्पतालमा उपचाररत थप आठ सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप आठ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बढैयाताल गाउँपालिका–१ बर्दिया निवासी ३० वर्षीया महिला, सोही गाउँपालिका–२ निवासी ६५ वर्षीया महिला, दङ्गीशरण गाउँपालिका–५ दाङ निवासी ८५ वर्षीया महिला, नेपालगञ्ज उपमहानगरपालिका–१५ निवासी ७३ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका–२ निवासी ५३ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

यसैगरी लम्कीचुहा नगरपालिका–१ कैलाली निवासी ४३ वर्षीय पुरुष, तुलसीपुर उपमहानगरपालिका–६ दाङ निवासी ४९ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका–११ निवासी ४३ वर्षीय पुरुषको उपचारकै क्रममा गए राति मृत्यु भएको जिल्ला कोभिड स्रोत व्यक्ति वलीले जानकारी दिनुभयो । यससँगै कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेका १८० र जिल्ला बाहिरका १३६ जनाको मृत्यु भएको छ ।


७ सय ३१ जनामध्ये बाँकेका ५ सय ४ जना रहेका छन् । बाँके अस्पतालमा रहेका ५ सय ९७ मध्ये भेन्टिलेटरमा ६ जनाको उपचार भइरहेको छ । होम आइसोलेसनमा तीन हजार नौ सय ३५ जनाले स्वास्थ्य लाभ गरिरहेको स्रोत व्यक्ति वलीले बताउनुभयो । शुक्रबारमात्रै बाँकेमा एक सय ९ जनाले कोरोना जितरे घर फर्किएका छन्

प्रतिक्रिया दिनुहोस्