Logo
|
Thursday 28th March 2024
Logo

epaper

कोभिसिल्डको दोस्रो डोज लगाउन छुटेकालाई आजदेखि लगाइँदै



जनस्वास्थ्य सरोकार, काठमाडौँ । गत फागुन २३ गते भन्दा अगाडि पहिलो प्राथमिकतामा परेर कोरोना विरुद्धको कोभिसिल्ड खोप लगाएका तर दोस्रो मात्रा लिन छुट भएकालाई आज (बुधबार) देखि खोप लगाइँदै छ ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य कार्यालय ललितपुरले मंगलबार यसबारे निर्णय गरेको हो । निर्णयअनुसार अग्रपंक्तिमा रहेर सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मीलगायतलाई दोस्रो डोज दिन लागिएको जानकारी दिएको छ ।

बुधबार सुरक्षाकर्मीलाई मात्रै र बिहिबार र शुक्रबार गरी दुई दिन स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सरसफाईकर्मी, पत्रकार, कूटनीतिक नियोगका कुटनीतिज्ञ तथा सो नियोगका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंक र वित्तिय संस्थानका कर्मचारीलगायतलाई मात्रै खोप लगाइनेछ ।

आज महानगरीय प्रहरीवृत्त, जाउलाखेल, ललितपुरमा बिहान १० बजेदेखि खोप लगाइँदैछ भने बिहिबार र शुक्रबार स्वास्थ्य कार्यालय, ललितपुरमा खोप लगाइनेछ ।दोस्रो डोजका लागि पहिलो डोज लगाएको खोप कार्ड र आ–आफ्नो फोटोसहितको परिचय खुल्ने कागजात लिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्