Logo
|
Saturday 20th April 2024
Logo

epaper

कोरोना अपडेट: ६७१४ जना नयाँ संक्रमित थपिए, ६७१६ संक्रमणमुक्त, १४५ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो चौविस घण्टामा देशभर ६ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाबाट १९ हजार ३० जनाको पीसीआर परीक्षण गर्दा ६ हजार ६७७ जनामा र ३२२ जनाको एन्टिजेन परीक्षण गर्दा ३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


आज काठमाडौ उपत्यकाभित्र भक्तपुरमा ११३, ललितपुरमा २४१ र काठमाडौँमा १ हजार १३९ गरी जम्मा १४ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ ।


नेपालमा हाल सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार ७७ पुगेको छ ।


पछिल्लो चौविस घण्टामा १४५ जना कोरोना संक्रमितको निधन भएको मन्त्रालयका सहप्रवत्ता प्रा. डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो । त्यसैगरी सोहि अवधिमा ६ हजार ७१६ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् । देशभर ८ सय ५३ जना क्वारेन्टीनमा छन ।

प्रतिक्रिया दिनुहोस्