Logo
|
Thursday 26th December 2024
Logo

epaper

तपाईंको लोग्ने कुन वर्गमा पर्नुहुन्छ ? एकपटक यो सामाग्री हेर्नुस् त



जनस्वास्थ्य सरोकार । हरेक ब्यक्तिमा हुने आफ्नै स्वभावका कारण ऊ अरुभन्दा फरक किसिमको हुन्छ । पतिहरु भिन्न भिन्न स्वभावका हुने गर्छन् । कतिको आफ्नै किसिमको स्वभाव हुने गर्छ । हामीले पतिका मुख्य प्रकारको चर्चा गरेका छौं । आफ्नो पति कुन श्रेणीमा परेका छन् भन्ने कुरा तपाईं आफैं निर्णय गर्न सक्नुहुन्छ ।

चापलुसी पति

यस किसिमका पति आमा, बुबा, बहिनी, भाइ वा पत्नी नै किन नहुन् परिवारको सबै सदस्यसँग चापलुसीमा लागिरहन्छन् । यिनीहरुमा साँचो कुरा बोल्ने हिम्मत हुँदैन । आत्मविश्वासको कमी हुन्छ । आवश्यक परेमा यस्ता पतिले पत्नीको धेरै सेवा गर्छन् ।

डरपोक पति

यस्ता पति दुई चरित्रका हुन्छन् । यिनीहरुमा श्रीमतीको कुरा काट्ने हिम्मत हुँदैन । पत्नीको अगाडी उसको कुरामा हो मा हो मिलाउछन् । तर पछाडि नाता गोता साथीभाइसँग पत्नीको कमजोरीको कुरा गर्छन् । यस्ता पतिलाई खतरनाक पतिको श्रेणीमा राख्न सकिन्छ ।

संवेदनशील पति

यस्ता पति भावनात्मक रुपमा प्रस्तुत हुन्छन् । श्रीमतीलाई पनि समान र बराबरको दर्जा दिनुपर्ने ठान्छन् । पत्नीले केही कुरा नराम्रो बोले पनि घरको शान्ति भंग होला भनेर उसको विरुद्धमा केही पनि बोल्दैनन् । यस किसिमको पतिसँग मधुर बोली बोलेर श्रीमतीले आफ्नो काम गराउन सक्छन् ।

तानाशाह पति

यस्ता पति घरमा आफ्नो हुकुम चलाउन खप्पिस हुन्छन् । पत्नीको इच्छाको कदर कमै मात्रामा गर्छन् । यस्ता पतिलाई हामी कमजोर मानिसको श्रेणीमा राख्न सक्छौँ ।

कमीकमजोरी खोज्ने पति

यस किसिमका पति घरको काममा पत्नीलाई धेरै सहयोग गर्छन् । तर सबै काममा आफूमात्रै जान्ने भनी पत्नीको कामको कमजोरी निकाल्छन् । पत्नीको कामको दोष खोज्नु नै उनीहरुको माया देखाउनेको तरिका हुन्छ । यस्ता पतिपत्नी बिरामी भएको बेला एक अर्काको सेवा धेरै जुट्ने गर्छन् ।

इर्स्यालु पति

यस्ता पति श्रीमतीको उन्नतिको सजिलै स्वीकार गर्न सक्दैनन् । यस्ता पतिलाई कसैले पनि उसको पत्नीको तारिफ गरेको मन पर्दैन । यस्ता पतिहरु आफ्नो कमी कमजोरी हटाउनभन्दा श्रीमतीको कमी कमजोरी हाइलाइट गर्ने कोशिस गरिरहन्छन् ।

अहम्वादी पति

यस किसिमका पति महिलाको समान अधिकारको कुरा गर्छन् । उनीहरु स्वतन्त्र र सुदृढ व्यक्तित्वको पक्षधर भएको बताउँछन् । तर यही कुरा आफ्नो घरव्यवहारमा लागू गर्नुपरेमा यिनीहरुको सोच बिलकुल उल्टो हुन्छ । यस्ता पतिलाई उसकी श्रीमतीले अलग सोचको कुरा गरेको पटक्कै मन पर्दैन । यिनीहरुमा साँचो कुरा सुन्ने हिम्मत कम हुन्छ र छिट्टै आवेशमा आउँछन् । उनीहर संवेदनशीलताको तुलनामा व्यबहारिकतामा धेरै महत्व दिन्छन् । यस्ता श्रीमानहरुसँग मनभित्रको माया पनि देखाउन जरुरी हुन्छ ।

सिद्दान्तवादी पति

यस्ता पतिको सिद्धान्तप्रति धेरै लगाव हुन्छ । यिनीहरु सिद्धान्तको खातिर पटक–पटक आफ्नो परिवारलाई दुःख दिन्छन् । यस्ता पति आफ्नो परिवारको माया त धेरै गर्छन । तर परिवारले उसलाई समाल्न सक्दैन ।

सर्वगुण सम्पन्न पति

परिस्थिति अनुसार, व्यवहार गर्ने पति यस श्रेणीमा पर्दछन् । यिनीहरु आफ्नो मधुर र कोमल व्यवहारको नाजायज फाइदा कसैले उठाएमा ठिक मान्दैनन् । यस्ता पति मजबुर र लाचार मानिसलाई मनभित्रैबाट सहयोग गर्दछन् । आफ्नो परिवारका लागि पूर्ण रुपमा समर्पित हुन्छन् । आफूसँगैको मानिस वा श्रीमतीबाट सन्तुलित ब्यवहारको अपेक्षा राख्छन् । तर उनीहरुबाट राम्रो प्रतिफल नमिलेमा भने रिसाउँछन् ।

अब तपाई आफ्नो पति कुन श्रेणीमा छ भन्ने कुरा आफैँ निर्णय लिन सक्नुहुन्छ । दोषारोपण नगरी आफ्नो ब्यवहारको मूल्यांकन गर्नुपर्ने कुरा भूल्न हुँदैन । कोही पनि पूर्ण हुँदैन । तपाईं पनि सर्वगुण सम्पन्न हुनुहन्न । सबै मानिसमा कमि कमजोरी हुन्छ । केही कुरामा आफ्नो स्वभाव बदल्ने र मायाले उनीहरुलाई बदल्ने कोसिस गर्नुपर्छ । यसरी, तपाइको जिन्दगीको सही मजा लिन कसैले पनि रोक्न सक्दैन । एजेन्सीको सहयोगबाट

प्रतिक्रिया दिनुहोस्