Logo
|
Thursday 25th April 2024
Logo

epaper

कोरोना संक्रमणदर घट्दो क्रममाः ६९३९ जनामा संक्रमण, ७२२६ निको, १०६ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो चौविस घण्टामा देशभर ६ हजार ९३९ जनामा संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाबाट जनाको २० हजार ४१४ पीसीआर परीक्षण गर्दा ६ हजार ७३१ जनामा र ५७८ जनाको एन्टिजेन परीक्षण गर्दा २०८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार ४७६ पुगेको छ । कुल संक्रमितको संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ ।
पछिल्लो चौविस घण्टामा १०६ जना कोरोना संक्रमितको निधन भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी सोहि अवधिमा ७ हजार २२६ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् । देशभर १ हजार ९ जना क्वारेन्टीनमा छन ।

प्रतिक्रिया दिनुहोस्