हेल्दी, स्फूर्त, चम्किलो अनुहारका लागि व्यूटी फूड

हेल्दी, स्फूर्त, चम्किलो अनुहारका लागि टमाटर, शखरखण्ड, बेरिज, सनफ्लावर सीड्स, ब्रोकाउली, पालंगो, गाजर, लो फ्याट डेरी प्रोडक्स, ओखर, सुन्तला, बन्दाकोभी, अन्डा, ग्रीन—टी, केरा आदि महत्वपूर्ण मानिन्छ । त्यसैले आफ्नो दैनिक खानामा यस्ता वस्तु समावेश गर्नुहोस् ।
टमाटर
टमाटरमा भएको एन्टिअक्सिडेन्ट र पोटासियमले अनुहारलाई स्वस्थ बनाउँछ । यदि तपाई अनुुहारको चाउरीपनबाट पीडित हुनुहुन्छ भने प्रत्येक दिन टमाटर खानुहोस् ।
शखरखण्ड
शखरखण्डमा भरपुर मात्रामा भिटामिन ए पाइन्छ, जसले अनुहारलाई नरम र मुलायाम बनाउँछ ।
बेरिज
स्टबेरी, ब्लूबेरी र ब्लयाकबेरी को सेवनले छाला स्वस्थ र सुन्दर बन्छ । यसले अनुहारलाई नरम पार्नुका साथै अनुहारको बढ्दो उमेरलाई कम गर्छ ।
सनफ्लावर सीड्स
यसमा रहेको भिटामीन ई र एन्टीअक्साइडले बढ्दो उमेरको असरलाई कम गर्न मद्दत गर्छ । सनफ्लावर सिड्सले ब्लाक्हेड्स र अन्य छालासम्बन्धि समस्यालाई टाढा भगाउँछ ।
ब्रो—काउली
ब्रो—काउलीमा भरपुर मात्रामा भिटामिन ए पाइन्छ । यसले छालालाई सुधार्न र फ्रेस बनाउन मद्दत गर्छ ।

पालुङ्गो
पालुङ्गोले बलियो बनाउन मात्रै हैन, यसमा भएको भिटामिनले तपाइँको अनुहारलाई सुन्दर बनाउन मद्दत गर्छ ।
गाजर
यदि तपाइलाई हरियो सागसब्जी मन पर्दैन भने गाजर खाने गर्नुहोस्, यसले शरिरमा कमी भएको भिटामिनलाई पूरा गर्छ र अनुहारको सुन्दरतामा निखार ल्याउँछ ।
लो फ्याट डेरी प्रोडक्टस्
लो फ्याट चिज, दुध वा अन्य डेरी प्रोडक्स पनि हेल्दी छालाका लागि आवश्यक हुन्छ । यो भिटामिन ए को राम्रो स्रोत हो ।
ओखर
ओखरमा भएको भिटामिन पनि स्वस्थ शरीर, स्वस्थ अनुहारको लागि फाइदाजनक हुन्छ ।
सुन्तला
सुन्तला छालाको लागि राम्रो हुन्छ । सुन्तलामा भिटामिन सी पाइन्छ । सुन्तलाको सेवनले एजिंग साइन्सलाई कम गर्न मद्धत गर्छ ।
बन्दागोभी
सुख्खा फलफूल बाहेक बन्दागोभीमा पनि भरपुर मात्रामा भिटामिन सि पाइन्छ, जुन अनुहारको स्वास्थ्यका लागि राम्रो हुन्छ ।
अण्डा
स्वस्थ छालाका लागी अण्डा खानुपर्छ किनकि यसमा भएको आइरनले अनुहारलाई सुन्दर बनाउँछ ।
ग्रीन—टी
ग्रीन—टी पनि अनुहारको स्वास्थ्यका लागि राम्रो मानिन्छ । तपाई यसलाई चिसो या तातो दुवै तरिकाले पिउन सक्नुहुन्छ । तर यसमा चिनी र दुध हाल्ने गल्ती गर्नहुँदैन । ग्रीन—टीले स्किन, क्यान्सर र घाउबाट अनुहारलाई सुरक्षा प्रदान गर्छ ।
केरा
यसमा भएको भिटामिन ए ले छालामा भएको प्राकृतिक तेललाई रि—स्टोर गर्छ । ड्यामेज स्किन, एजिङ्ग रिङ्कल्स आदिको समस्यालाई हटाउँछ, त्यसैले आजदेखि नै केराको सेवन गर्नुहोस् ।