Logo
|
Wednesday 24th April 2024
Logo

epaper

विश्व स्वास्थ्य संगठनद्धारा सिनोभ्याकलाई आपतकालिन प्रयोगको अनुमति



जनस्वास्थ्य सरोकार । विश्व स्वास्थ्य संगठनले कोभिड-१९ विरुद्ध चीनले निर्माण गरेको खोप सिनोभ्याकलाई आपतकालिन प्रयोगका लागि अनुमति दिएको छ ।

चीनले विश्व स्वास्थ्य संगठनबाट कोरोना विरुद्ध निर्माण गरेको दोस्रो खोपले मान्यता पाएको हो । यस अघि डब्लूएचओले सिनोफार्मलाई प्रयोग अनुमति दिएको थियो ।

चिनियाँ दोस्रो खोपले अनुमति पाएसँगै कोभ्याक्स कार्यक्रममा सहभागी हुने बाटो खुल्ला भएको छ । यसबाट खोपको उपलब्धतामा सहयोग पुग्ने अपेक्षा समेत गरिएको छ ।

डब्लुएचओबाट मान्यता पाउनु अघि नै कयौं देशहरुले १८ वर्ष माथिका नागरिकहरुलाई यो खोप लगाइसकेका छन् । पहिलो डोज लगाएको दुईदेखि ४ हप्ताको अन्तरमा दोस्रो खोप लगाउनु पर्ने बताइएको छ ।

विश्व स्वास्थ्य संगठनबाट मान्यता पाउनुको अर्थ अन्तर्राष्ट्रिय सुरक्षा, प्रभावकारिता र उत्पादन सम्बन्धी मापदण्ड पूरा गरेको मानिनेछ ।

प्रतिक्रिया दिनुहोस्