Logo
|
Wednesday 22nd January 2025
Logo

epaper

औषधि व्यवसायी संघका अध्यक्षको प्रश्नः खोपको लागि आन्दोलन नै गर्नुपर्ने हो ?

पहिलो चरणमा छुटेका औषधि व्यवसायीहरुलाई खोपको व्यवस्थापन गरिदिन सरकारसँग आग्रह



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल औषधि व्यवसायी संघले पहिलो चरणमा खोप लगाउन छुटेका औषधि व्यवसायीहरुलाई फ्रन्टलाइनरको प्राथमिकतामा राखी खोपको व्यवस्थापन गरिदिन सरकारसँग आग्रह गरेको छ ।


औषधि व्यवसायीहरु कोभिड १९ संक्रमणको उच्च जोखिमा रहेर काम गर्नुपरेकाले संघले सो आग्रह गरेको हो ।


औषधि व्यवसायी र सोसँग सम्बन्धित कर्मचारीहरु संक्रमित भई औषधिको उपलब्धतामा असहज परिस्थिति सृजना भएमा यसको जिम्मेवारी स्वयं राज्यले लिनुपर्ने संघका केन्द्रिय अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले बताउनुभएको छ ।

एक प्रेश विज्ञप्ति जारी गर्दै अध्यक्ष श्रेष्ठले यथाशक्य चाँडो औषधि व्यवसायीहरुलाई खोपको दायरामा ल्याउन अनुरोध गर्नुभएको छ । अन्यथा औषधि व्यवसायीले आफ्नो सुरक्षाका लागि विरोधको कार्यक्रम सञ्चालन गर्न बाद्य हुने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्