जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकमा इलाइब्रेरीको संस्थापक विकासमा योगदान पुर्याउँदै आएको नेपाल जर्नी संस्थाले मेची महाकाली बुहारी संयुक्त आवाजसँग समन्वय गरी कोभिड महामारीले जीविकोपार्जन गर्न कठिनाइ परेका ३५ घर परिवारलाई खाद्यान्न र नगद सहयोग गरेको छ ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रमबीच मिर्गौला पीडित, स्कूलमा काम गर्ने महिला, गाडी दुर्घटनामा अशक्त भएका, पाठेघरमा समस्या भएका महिला, अपांग व्यक्ति, प्यारालाईसिस भएर धेरै लामो समयसम्म बसेका, क्यान्सर पीडित, असहाय वृद्धवृद्धाहरुलाई करिब १ लाख ७५ हजार भन्दा बढीको खाद्यान्न तथा नगद वितरण गरिएको थियो ।
सो अवसरमा नेपाल जोर्नी संस्था काठमाडौं जिल्ला शाखाका अध्यक्ष गोपाल भण्डारीले यस राहत तथा आर्थिक वितरण कार्यक्रममा नेपाल जोर्नीको तर्फबाट पनि सहयोग गर्न पाउँदा आफूहरु आभारी भएको बताउनुभयो ।
उहाँले भन्नुभयो—‘विगतमा पनि हाम्रो यस संस्थाले यस्तै कार्यक्रमहरु गरिआएका थियो । मेची महाकाली संयुक्त आवाज काठमाडौंसँग समन्वय गरी कार्य गर्न पाउँदा निकै नै हर्षित छौं । साथै उक्त संस्थाले हामीलाई सामेल हुन दिएकोमा धन्यवाद व्यक्त गर्दछौं ।’


३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
