Logo
|
Monday 26th July 2021
E-paper Magazine

पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना, स्वास्थ्य अवस्था सामान्य



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना हुनुभएको छ । चार दिनदेखि लगातार ज्वरो आएपछि नेता खनाललाई सोमबार बिहान थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।
अस्पतालका प्रवक्ता सोमनाथ बाँस्तोलाका अनुसार उहाँको अवस्था अहिले सामान्य छ । ‘चार-पाँच दिनदेखि ज्वरो आएर उहाँ अहिले अस्पतालको इमर्जेन्सीमा भर्ना हुनुभएको छ ।’ उहाँले भन्नुभयो ‘स्वास्थ्यमा के समस्या आएको हो भन्ने बुझ्न परीक्षण चलिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्